काठमाण्डौ । सरकारले निजामति कर्मचारी र सरकारबाट पारिश्रमिक पाउने कर्मचारीहरुको तलब वृद्धि गरेको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटमार्फत कर्मचारीहरुको तलब वृद्धिको घोषणा गरेका हुन् ।
सरकारी कर्मचारीको सुरु तलबमानमा १८ देखि २० प्रतिशतले वृद्धि गरिएको हो ।
यो घोषणासँगै निजामति कर्मचारी, प्रहरी, सेना, सरकारी शिक्षक लगायतका सरकारी कर्मचारीहरुको तलब साउन १ गतेदेखि बढ्नेछ ।
‘सुरु तलबमानमा साउन देखि राजपत्र अनकिंतको तलब २० र राज पत्राकिंत श्रेणीका लागि १८ प्रतिशत वृद्धि गरेको छु ।’ अर्थमन्त्रीले भनेका छन्–‘महंगी भत्ता, पोशाक भत्ता, सावधिक जीवन बिमा यथावत राखिएको छ ।’
तलब वृद्धिले कर्मचारीको मनोबल बढी सार्वजनिक सेवा प्रवाह थप प्रभावकारी हुने अपेक्षा गरिएको उनले बताएका छन् ।
सरकारले तलब वृद्धिको घोषणा गरे पनि कर्मचारीले भने त्यसले आवश्यकता पूर्ति नगर्ने बताएका छन् । कर्मचारीको आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष भोला पोखरेलले वृद्धि भएको तलबले अहिलेको आवश्यकता पूर्ति नगर्ने बताउनुभयो । यद्यपि राज्यको स्रोत साधन हेरेर चित्त बुझाउँदै उत्साहित भई काम गर्नुपर्ने उहाँको भनाइ थियो ।
तलब बढेसँगै आयकरको सीमा पनि बढ्यो
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19