-भक्तराज रसाइली
काठमाण्डौ । १६ वर्षअघि दोस्रो बजारबाट नेपाल बैंकको सेयर खरिद गरेका धरानका मनिस लोहियालाई न्याय दिलाउने वचन दिएका सम्बद्ध पक्षहरु नै तर्किन थालेका छन् ।
उनलाई न्याय दिने सम्बद्ध पक्षमध्येको एक नेपाल बैंकले यसअघि नै संचालक समितिमा यो मुद्धा उठाएर न्याय दिलाइने भने पनि अझै झारा टार्ने काम गरिरहेको छ ।
बैंकका कम्पनी सचिव केशवप्रसाद भण्डारीले बोर्ड बैठक र एजीएममा थुप्रै एजेण्डा भएकाले लोहियाको विषयमा प्रवेश गर्न नसकिएको भन्दै झारा टार्ने खालको जवाफ दिए ।
अब हुने संचालक समितिको अर्को बैठकमा लोहियाको विषयलाई उठाउने र छलफल गरी निर्णय गरिने उनले जानकारी दिए । यसै महिनाको सुरुवातीमा भण्डारीले बैठकद्धारा न्याय दिने पुनः अर्को प्रतिबद्धता व्यक्त गरेका छन् ।
पीडित लोहिया १६ वर्षअघि आफूले किनेको सेयर नपाउने अवस्था हुँदा र न्यायका लागि वर्षौसम्म धाउँदा समेत आफ्नो समस्याको विषयमा नेप्से र बजारको नियामक धितोपत्र बोर्डले समेत चासो नदिएको आरोप लगाएका छन् ।
उनले बिजशालासँग बिलौना गर्दै भनेका छन्–‘मैले यो विषय मिडियालाई दिंदा नेप्सेकी कर्मचारी रेशा केसीबाट धम्की र हप्कीदप्की समेत खानु पर्यो । मैले आतंकवाद र गैरकानूनी कामबाट कमाएको धनले नभई पसिना बगाएर आर्जन गरेको रकमले पहिलोपटक नेपाल बैंकको सेयर किनेको थिएँ । के म अनागरिक हुँ र राज्यले मेरो सम्पत्तिमाथिको हकबाट बञ्चित गरेको ?’
लोहियाले आफू चौथो पटक नेप्सेमा न्यायका लागि हारगुहार गर्दै पुगेको, पछिल्लो समय नेप्से प्रमुख चन्द्रसिंह साउदले न्यायको वचन समेत दिएका, तर आफूले अझै न्याय पाउन नसकेको गुनासो गरे ।
‘एकातिर नेप्से प्रमुखले न्याय दिलाउने आश्वासन दिनुभयो, अर्कोतिर उहाँ मातहतकै कर्मचारीले फोन गरेर यो विषय मिडियालाई किन दिएको ? ब्रोकरको विरुद्ध किन गएको ? भन्दै थर्काउने काम भयो ।’ लोहियाले भने–‘नेप्सेको भूमिका के हो भन्ने बिषयमा म बबूरो अलमलिएँ ।’
उनले कर्मचारी रेशा केसीले आफूलाई धम्क्याएको पुनः बताउँदै सो विषयमा आफू जहाँ र जतिबेला समेत बोल्न तयार रहेको जानकारी दिए ।
(केसीले धम्क्याएकी भन्दै लोहियाले बिजशालासँग गरेको कुराकानीको अंश समाचार तलको भिडियोमा हेर्न र सुन्न सकिन्छ।)
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19