काठमाण्डौ । सरकारले कर प्रणाली सुधारका लागि गठन गरेको उच्चस्तरीय सुझाव समितिले काम थालेको छ।

अर्थ मन्त्रालयले एक सूचना जारी गर्दै उच्चस्तरीय सुझाव समितिले काम थालेको जानकारी गराएको हो। समितिले असोज १७ गतेबाट काम सुरु गरेको मन्त्रालयले जनाएको छ। 

समितिको कार्यस्थल आन्तरिक राजस्व विभाग लाजिम्पाटमा तोकिएको छ। 

चालु आर्थिक वर्ष २०८०–८१ को बजेटमै विद्यमान कर प्रणाली सुधारका लागि उच्चस्तरीय समिति गठन गर्ने घोषणा भएको थियो। सोही घोषणालाई मूर्तरुप दिँदै गत भदौ २९ गतेको मन्त्रिपरिषद्को निर्णयबमोजिम विद्याधर मल्लिकको अध्यक्षतामा कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय सुझाव समिति गठन भएको थियो।