काठमाण्डौ । कर कार्यालय र बैंकहरु भोलि शनिबार खुला रहने भएका छन्।
आन्तरिक राजस्व विभागले आज एक सूचना जारी गर्दै असार ३० गते (शनिबार) कर कार्यालय तथा राजस्व संकलन गर्ने बैंकहरु खुला रहने जानकारी गराएको हो।
आयकर ऐन, २०५८को दफा ९४को उपदफा (१)बमोजिम आयकरको किस्ता रकम दाखिला गर्नुपर्ने करदाताहरुले दफा ९५बमोजिम कारोबारको अनुमानित करको विवरणअनुसार तिर्नुपर्ने आय वर्ष २०७९–८०को अनुमानित करको सतप्रतिशत रकममध्ये तिर्न बाँकी कर रकम (तेस्रो किस्ता) यही असार मसान्तभित्र दाखिला गर्नुपर्ने हुन्छ। सोही कानुनी व्यवस्थाअनुसार म्यादभित्रै विवरण तथा कर दाखिला गर्न विभागले आग्रह गरेको छ।
भोलि शनिबार सार्वजनिक बिदाको दिनमा समेत ठूला करदाता, मध्यस्तरीय करदाता, आन्तरिक राजस्व, करदाता सेवा कार्यालयहरु तथा राजस्व संकलन गर्ने बैंक शाखा एवं काउन्टरहरु खुला रहने र भुक्तानी क्लियरिङको कार्यसमेत हुने विभागले जानकारी गराएको छ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19