काठमाण्डौ । कलर्स अप्लाइन्सले आउँदै गरेको दशैँ तिहारको अवसरमा “चट्ट क्यास पट्ट लक”को ग्राहक योजना  घोषणा गरेको छ । 

यो योजनामा कलर्स होम अप्लाइन्सको खरीदमा उपभोक्ताले रु. १४०९० सम्मको नगद फिर्ता तथा एक जनाले बम्पर लक्की ड्र मा ५५ इञ्चको फोरके  स्मार्ट टिभी जित्ने मौका पाउनेछन् । 

यो योजना यही असोज १५ देखि सीमित अवधिका लागि कलर्सका नेपालभरका सबै प्रमुख स्टोर्सहरुमामा उपलब्ध छ ।

कलर्सका उत्पादन जस्तै रेफ्रिजेरेटर, एलइडी टि.भी.हरु, चेष्ट फ्रिजर, अपराइट शोकेस, वासिङ्ग मेशिनलगायत टिकाउ सामान तथा अन्य थुप्रै सामानहरु बजारमा उपलब्ध छन् जुन स्मार्ट घरका लागि उपयोगी हुनेछ । 

कलर्सले घरमा प्रयोग हुने सबै प्रकारका इलेक्ट्रोनिक सामानहरु सुपथ मूल्यमा उपलब्ध गराउँछ, जसले ग्राहकको जीवनपद्धतिलाई सजिलो बनाउन मद्दत गर्दछ । कलर्सका उत्पादनको मार्केटिङ्ग युनिभर्सल इलेक्ट्रो कम प्रा.लि.ले गरेको छ । युनिभर्सल इलेक्ट्रो कम प्रा.लि लक्की ग्रुपको प्रसिद्ध व्यापारिक संस्था हो ।

सो कम्पनीले ग्राहकहरुको सुविधालाई ध्यानमा राखी विश्वस्तरीय उत्पादन सुपथ मूल्यमा घरसम्म पुर्याउने सेवा प्रदान गर्दछ । आयात र व्यापार हाउसबाट आफ्नो सेवा प्रारम्भ गरेको लक्की ग्रुपले दिगो र उच्च स्तरीय सामानहरुको कारोबार गर्दै आएको छ, जसले इलेक्ट्रोनिक र कम्युनिकेसनसँग सम्बन्धित सामानहरु व्यापक रुपमा ग्राहकहरु समक्ष पुर्याएको छ । २००० भन्दा बढीलाई रोजगारी दिन सफल लक्की ग्रुप नेपालका नाम चलेका ५ कर्पोरेट हाउसमा पुग्ने लक्ष्यसहित आफ्नो क्षेत्रमा अघि बढेको छ ।