काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो नौ महिनाको अवधिसम्ममा उन्नति माइक्रोफाइनान्स कम्पनीको नाफा १३ दशमलव ६३ प्रतिशतले वृद्धि भएको छ । शुक्रबार प्रकाशित कम्पनीको तेस्रो त्रैमाकिस अवधिको वित्तीय विवरणले कम्पनीका अधिकांश सूचक सकारात्मक रहेको देखाएको छ । तेस्रो त्रैमासमा आइपुग्दा संस्थाको खुद नाफा १ करोड ८० लाख रुपैयाँ पुगेको छ । गत वर्ष संस्थाले १ करोड ५९ लाख नाफा आर्जन गरको थियो  ।

संस्थाको खुद ब्याज आम्दानी  र संचालन मुनाफामा दुवै सूचकमा राम्रो प्रगति गर्न सकेकाले कम्पनीको नाफामा समेत सुधार आएको हो । गत वर्ष ३ करोड ८० लाख खुद ब्याज आम्दानी गरेकोे संस्थाले यस वर्ष ४ करोड ६१ लाख खुद ब्याज आम्दानी गर्न सफल भएको छ । यो गत वर्षको भन्दा करीव २२ दशमवलव ४६ प्रतिशतले बढी हो ।


यसैगरी यस वर्ष संस्थाले खुद सञ्चालन मुनाफामा समेत सुधार गरेको छ । गत वर्ष २ करोड ४० लाख सञ्चालन मुनाफा आर्जन गरेको संस्थाले यस वर्ष २ करोड ८१ लाख सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको हो । यो गत वर्षकाे भन्दा १७ दशमलव १३ प्रतिशतले बढी हो ।

समीक्षा अवधिसम्म संस्थाले ८८ करोड ६ लाख कर्जा परिचालन गरेको छ भने २८ करोड २१ लाख निक्षेप संकलन गरेको छ । यी दुवै सूचकमा संस्थाले यस वर्ष क्रमशः ८० दशमलव ४२ र १ सय ४१ दशमलव ५८ प्रतिशतले वृद्धि गरेको हो ।  

कम्पनीमा कूल कर्जाको शून्य दशमलव ३६ प्रतिशत खराब कर्जा रहेको छ । अघिल्लो त्रैमाससम्म कम्पनीको कुनै पनि प्रकारको खराब कर्जा रहेको थिएन । 

गत वर्ष ३ करोड ८५ लाख चुक्ता पूँजी रहेको संस्थाले यस वर्ष ५ करोड ५० लाख कायम भएको हो कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी ४३ दशमलव ८६ रुपैयाँ कायम भएको छ ।