– अर्जुन तिमिल्सिना

काठमाण्डौ । सेयरको हक हस्तान्तरण विभिन्न माध्यमबाट हुन सक्छ। सेयरको किनबेच, बीओ टु बीओ ट्रान्सफर तथा घरायसी नामसारीका माध्यमबाट। 

सेयर किनबेच ब्रोकरमार्फत हुने कारोबार हो भने बीओ ओटु बीओ सेयर ट्रान्सफर तथा घरायसी नामसारी भने सीडीएसी र डीपीका माध्यामबाट गरिने प्रक्रिया हो । जसरी बी ओटु बीओ सेयर ट्रान्सफर गरिन्छ, घरायसी नामसारी पनि त्यही नै प्रक्रिया हो। तर यसमा भने तपाइँले केही थप कागज तथा प्रमाण जुटाउन आवश्यक हुन्छ। 

घरायसी नामसारी एकाघरभित्रमात्रै हुने हुँदा तपाइँले पहिला नाता प्रमाणित प्रमाणपत्र र नागारिकताको प्रमाणपत्रसहितको निवेदन डीपीमा बुझाउनुपर्ने हुन्छ । निवेदन लिने र दिने दुवैले दिनुपर्छ। यसका लागि सम्बन्धित डीपीमा दुवै पक्ष उपस्थित भएर आफूहरुले पेस गरेका कागजपत्र प्रमाणीकरण गर्नुपर्ने हुन्छ। यो प्रक्रिया पूरा भएपछि डीपीले नै टे«ड आईडी बनाइदिन्छ। 

ती कागजपत्रको प्रतिलिपि डीपीले नै राख्ने गर्छ भने सक्कल प्रमाण लिएर तपाइँ सीडीएससी जानुपर्छ । सीडीएससीमा यो काम सोही दिन गर्नुपर्ने हुन्छ । सीडीएससीले सबै प्रमाणको प्रमाणीकरण गरेपछि सेयर हस्तान्तरण हुन्छ ।

यो प्रक्रियाका लागि लाग्ने दस्तुर तथा फाराम निम्नानुसार छन्–