काठमाण्डौ । लुुनार नयाँ वर्ष सकिएलगत्तै जनवरी महिनाको अन्तिमतिर भियतनाममा दुुईवटा नयाँ कोरोनाभाइरसका मामिला देखा परे। यो घटनापछि सरकारले मेडिकल परीक्षणको अनुुभव सँगालेको कम्पनीलाई जरुरी सहयोगका लागि सम्पर्क गर्यो।

“अधिकारीहरुले भियतनामले जतिसक्दो चाँडो कदम चाल्नुुपर्ने बताएका थिए”, प्रकोप फैलिएपछि भियनाममा परीक्षणलाई तीव्रता दिइरहेको मडिकल सामग्री र परीक्षण किट उत्पादन गर्ने कम्पनी भीएट ए कर्पले जनायो। 

चीनसँग सीमा जोडिएको ९ करोड ६० लाख जनसंख्या भएको भियतनामले अन्य धनी र विकसित देशहरुले कोरोनाको नियन्त्रण गर्न नसकेको कार्य गरेको भनेर संकेत गरिरहेको छ। भियतनाम सरकारको आधिकारिक आँकडाअनुुसार भियतनाममा एकदमै न्यून अर्थात २७० वटा कोरोना संक्रमणका केसहरु देखिएका छन्। 

आँकडाका अनुुसार यहाँ कोरोनाबाट मृत्युु हुुनेको संख्या शून्य रहेको छ। जसका कारण भियतनामले अन्य देशहरुभन्दा अघि नै अर्थतन्त्रलाई पुुनर्जीवित गर्न सक्ने रोर्यटर्ससँगको अन्तर्वार्ताका क्रममा त्यहाँका सार्वजनिक स्वास्थय विज्ञहरुले बताएका छन्। भियतनाम भन्दा अलिकति मात्रै धेरै जनसंख्या रहेको छिमेकी देश फिलिपिन्समा भियतनामको तुुलनामा ३० गुुणा बढी कोरोना संक्रमण र ५०० भन्दा धेरै मृत्युुको घटना देखिएको छ। 

भियतनामका सार्वजनिक स्वास्थ्य विशेषज्ञहरुका यातायातमा प्रतिबन्ध लगाउन चालिएका प्रारम्भिक निर्णयक कदमहरुका कारण भियतनामले यो सफलता हासिल गरेको हो। यसका साथै हजारौँ मानिसलाई क्वारेनटाइनमा राखिनुुका साथै परीक्षण र भाइरसका सम्भावित जोखिम भएका मानिसहरुको ट्रयाकिङलाई तीव्रता दिइएको थियो। “चरणहरुलाई वर्णन गर्न सजिलो छ तर कार्यान्वयन गर्न गाह्रो, यद्यपि उनीहरु त्यसलाई पटक–पटक कार्यान्वयन गर्न सफल भइरहेका छन्”, यूएस सेन्टर्स् फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का हानोई बेस्ड अधिकारी म्याथ्युु मुुरेले भने। म्याथ्युु भियतनाममा जनवरीदेखि प्रकोप देखिएपछि भियतनाम सरकारसँग सहकार्य गरिरहेका छन्। 

भियतनामले कोभिड १९ को परीक्षणका लागि देशमा प्रयोगशालाको संख्या बढाएको छ। जहाँ जनवरीमा प्रकोप सुुरु हुँदा बखत ३ वटा प्रयोगशाला रहेकोमा अप्रिल महिनामा ११२ वटा पुगेको छ। 

गत बुुधबारसम्म यहाँ २ लाख १३ हजार ७४३ परीक्षण गरिएको छ, जसमध्ये २७० वटा पोजेटिभ केस देखिएको छ। 

भियतनाममा पुुष्टि भएको प्रत्येक केसमा ७९१ वटा परीक्षण गरिएको अनुुपात विश्वकै सबैभन्दा धेरै हो। दोस्रो स्थानमा ताइवान रहेको छ। जहाँ पुुष्टि भएको प्रत्येक केसमा १४० वटा परीक्षण गरिएको छ। 

रोयर्टसले भियतनामको आँकडालाई प्रमाणित गर्न त्यहाँका अधिकारीहरुसँग सम्पर्क गरेर उसले सञ्चालन गरेको भाइरससँग सम्बन्धित सचेतना कार्यक्रमका बारेमा जान्न खोज्दा उनीहरुले कुुनै प्रतिक्रिया जनाएनन्। भियतनाममा रहेका विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रतिनिधि किडोङ पार्कका अनुुसार भियतनामी सरकारले उपलब्ध गराएको आँकडाबाहेक प्रकोपको अन्य कुुनै संकेत देखिएको छैन। विज्ञका अनुुसार भियतनामले कोरोना संक्रमणलाई नियन्त्रणमा राख्नमा त्यहाँको अधिनायकवादी नेत्तृत्व, खुला बजार अर्थतन्त्र र पहिलेको महामारीबाट सबक सिकेका जनसंख्याले सहयोग पुुर्याएको छ। यसका साथै राज्यद्वारा सञ्चालित मिलिटेरी मेडिकल युुनिर्भसिटीले टेस्टिङ किट डिजाइन गर्न भिएट ए कोर्पसँग सहकार्य गरेको थियो। 

त्यस्तै सरकारले ठूलो संख्यामा परीक्षण किट उत्पादन गर्न निजी कम्पनीलाई लाइसेन्स दिएको थियो। देशमा संक्रमण भित्रन रोक्न भियतनामले जनवरी २३ मै वुहानबाट आउने सम्पूर्ण हवाई उडानहरु रद्द गरेको थियो। त्यतिबेला डब्ल्यूएचओले यातायातमा प्रतिबन्ध नलगाउन गरेको निर्देशिकाविपरीत भियतनाम सरकारले यस्तो निर्णय गरेको थियो। 

यसको एक सातापछि भियतनामले चीनसँगको १४०० किलोमिटर सिमा क्षेत्रलाई अतिआवश्यक व्यापारबाहेक पूर्ण रुपमा बन्द गरेको थियो। मध्य मार्चमा भियतनामले सर्वसाधारण जनतालाई अनिवार्य रुपमा मास्क लगाउनुुपर्ने निर्देशिका जारी गरेको थियो। 

ठिक यतिबेला डब्ल्यूएचओले लक्षण देखिएकाबाहेकका मानिसहरुलाई मास्क नलगाउन भनिरहेको थियो। मास्कको मागलाई धान्न भियतनामका केही गाम्रेन्ट कारखानाहरुले सर्जिकल कपडा र मास्क बनाउन थालेको थियो। यसका साथै विदेशबाट आएका सबैलाई  र लक्षण देखिएका र सम्भावित जोखिममा रहेकालाई अनिवार्य रुपमा क्वारेनटाइनमा राखिने व्यवस्था गरिएको थियो। – एजेन्सी