काठमाण्डौ । प्रभु म्युचुअल फन्डअन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फन्डको भदौ मसान्तको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक भएको छ।
कोष प्रवर्द्धक प्रभु बैंक र योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेड रहेका यस फन्डको प्रतिइकाइ खुद मूल्य (न्याभ) भदौमा १०.३९ रुपैयाँ रहेको छ। गत साउनमा न्याभ १०.५९ रुपैयाँ रहेको थियो।
भदौसम्म यो फन्डले सूचीकृत भएका ९३ लाख ९८ हजार ३३५ कित्ता सेयरमा ४२ करोड ८ लाख २२ हजार २६३.७० रुपैयाँ लगानी गरेको छ। सूचीकृत नभएका २५ हजार ७२८ कित्ता सेयरमा १ करोड ९३ लाख ७ हजार १६० रुपैयाँ लगानी छ।
यो फन्डले सूचीकृत तथा सूचीकृत हुन बाँकी सेयर, डिबेन्चर/बोन्ड, सार्वजनिक निष्कासन, हकप्रद, बोनस सेयरमा गरी कुल ५४ करोड १ लाख २९ हजार ४२३.७० रुपैयाँ लगानी गरेको छ।
कम्पनीको कुल आय भदौमा ५ करोड ६४ लाख रुपैयाँ रहेको छ। गत साउनमा कुल आय ७ करोड २४ लाख रुपैयाँ रहेको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19