काठमाण्डौ । धेरै लामो समयदेखि नेप्से परिसूूचकमा सुुधार आई लगानीकर्ताहरुको मनोबलमा वृद्धि हुुँदै धेरैखालका रेकर्डहरु बनाएको वर्ष २०७६ निकै स्मरणीय रह्यो ।
सेयर बजार विज्ञ प्राडा मनोहरकृष्ण श्रेष्ठ २०७६ सालको सेयर बजारलाई मिश्रित रिजल्ट र प्रतिक्रियाका रुपमा सम्झन्छन् ।
बजारलाई बुुष्ट गर्ने साल र मार्केटलाई सकारात्मक रुपमा रहेको उनको भनाई छ । बजार पूूँजीकरणमा समेत रेकर्ड कायम गर्दै लगानीकर्ताको आत्मबल वृद्धि र सरकारको आयसमेत वृद्धि भएको वर्षका रुपमा उनले लिएका छन् ।
पछिल्लो समय भने अपट्रेन्डमा रहेको बजार डाउनवार्ड जानुु पछाडिको मुख्य कारण कोरोनाभाइरस नै भएको उनको जिकिर छ ।
कोरोनाभाइरस संकट काबुुबाहिर भएको उल्लेख गर्दै अल्पकालीन अनुुमान गर्न कठिन भएको उनी बताउँछन् । अन्य कुुरा यथावत रहेमा, कोरोनाभाइरस पूूर्ण रुपमा नियन्त्रण भएको खण्डमा मार्केट सकारात्मक हुुने उनको अनुुमान छ ।
सेयर बजारका भेटेरान लगानकर्ताका रुपमा सुुपरिचित अम्बिकाप्रसाद पौडेल पनि २०७६ सालको सेयरबजारलाई मिश्रित रुपमा लिन्छन् । ‘समग्र रुपमा भन्नुुपर्दा विस्तारै लयमा फर्किँदै गरेको नेप्से परिसूूचक ११०० को न्यूूनतम विन्दूूबाट १६०० पार गर्दा कोरोनाका कारण करेक्सन मुुडमा पुुग्यो ।’ उनले बिजशालासँग भने–‘धेरै इतिहास रेकर्ड कायम गर्दै सेयर बजारले सम्भवतः ठूूलो भोल्यूूम, सर्वाधिक कारोबार संख्या लगायतमा रेकर्ड नै ब्रेक गर्यो ।’
उनको विचारमा कोरोनाको प्रभावकारी नियन्त्रण र फैलावटसँग जोडेर २०७७ सालको सेयर बजारको चलायमान हुुन्छ । अहिले नै भन्न सकिने अवस्था नरहेको तथापि यसको असर समग्र अर्थतन्त्र, ब्लालेन्स अफ पेमेन्ट लगायतले निर्धारण गर्ने उनको बुझइ छ ।
वि.सं.२०७६ सालको सेयर बजार दुुःखद अन्त भएको नेपाल पूूूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलको ठम्याइँ छ ।
सरकार र नियामक निकायका नीतिहरु स्पष्ट नभएको आरोप लगाएकी उनले ५८ बुुँदे सुुझावलाई ओभरल्याप गर्न सरकारबाट अर्को झाँक्री नेतृत्वको उपसमिति खडा भएकोमा आक्रोश पोखेकी छिन् ।
बैंकलाई ब्रोकर लाइसेन्सको मुुद्धा ओझेलमा परेको उनले गुुनासो पोखिन् । ‘विश्व अर्थतन्त्र नै धराशायी भइरहेका बेला नेपालको अर्थतन्त्र भने धराशायी नहोस् भन्ने आशा राखौं, राम्रो होओस्।’ उनले बिजशालासँग भनिन् ।
लगानीकर्ता दवाब समूूहका अध्यक्ष हरि ढकालले वर्षको उत्तराद्र्धमा कोरोनाले लगानीकर्तामा प्यानिक बनाएको बताए ।
‘निकै उत्तारचढावपूूर्ण रहेको २०७६ सालको सेयरबजार महामारी उन्मुलन भए विष्फोटक क्षति बेहोर्नुु नपर्ला।’उनले भने–‘लकडाउन लम्बिएमा चाहिँ बजार थप जोखिमपूूर्ण अवस्थाबाट गुुज्रनसक्ला । धैर्यधारण गर्न लगानीकर्ताहरुलाई ढकाल आग्रह गर्दै नव वर्ष २०७७ सालको सुुुस्वास्थ्य र समृद्धिको शुभकामना दिन्छन् ।’
सेयर प्राविधिक विश्लेषक विष्णुु बस्यालका अनुुसार वर्षको प्रारम्भमा नेप्से परिसूूचककै स्थितिको लगभग नजिक बजारको अवस्थिति रहेको छ ।
‘बीचमा बजार निकै स्वीङ भयो।’उनी भन्छन्–‘१ वर्षे अवधिमा २०१९ डिसेम्बरमा नेप्से परिसूूचक ११८८ विन्दूूबाट ४० प्रतिशत उक्लेको बजार फेब्रुुअरीको अन्ततिर वर्षको प्रारम्भिक परिसूूचक नजिक नै आएको छ, जुुन लगभग ५.२८ वृद्धिको मात्र वृद्धि हो ।’
‘वर्षभरि निकै भोलाटाइल बजार भएको उल्लेख गर्दै बियरिस मार्केटको न्यूूनतम विन्दूू ११०० लाई तोडेर १६६६ विन्दूूसम्म पुुगेर पुुनः ओर्लेको छ।’उनले भने ।
प्राविधिक विश्लेषणमा नेप्से परिसूूचक ११०२ विन्दूूलाई प्रोटेक्ट गर्ने जिकिर गरेका उनले बजार खुुुलेपछि नेप्से परिसूूचक ११८८ विन्दूू आउनसक्ने प्रक्षेपण गरे । लकडाउनपछि डाउनवार्ड केही रहेपनि समग्रमा बजार पुुन? सकारात्मक दिशातर्फ जाने उनले ठोकुुवै गरे ।
वर्षभरिमा करिब २ महिना बजार बढेर सुुखद बनिरहेका बेला कोरोनाको कहरले दुुःखद अन्त भएको वर्षका रुपमा स्टक ब्रोकर्स एशोसिएसनका अध्यक्ष भरत रानाभाट बताउँछन् ।
लकडाउन खुलेपछि नेपालको अर्थतन्त्र रिकभर हुुन समय नलाग्ने जिकिर गरेका उनले बजारमा तरलता बढ्ने,ब्याज घट्ने र समग्रमा बजारलाई राम्रो गर्ने उनको ठहर छ । सुुरुवातमा बजार केही डगमगाए तापनि पछि बजारले आफैं लय समात्ने उनको दाबीसमेत छ । २०६२/६३ सालको जनआन्दोलन, २०७२ को महाभूूकम्पको उदाहरण दिँदै उनले बजारले सकारात्मक लय समात्ने तर्क राखे ।
यसैबीच, स्टक ब्रोकर नम्बर ११ का महेश्वरभक्त मल्लले ३ वर्षपछि सेयर बजार बौरिन खोज्नै लाग्दा कोरोनाभाइरसलाई सम्झिरहने बताए।
लगानीकर्ताहरुको बढ्दो मनोबलका कारण आगामी वर्ष समग्र रुपमा बजार सकारात्मक हुुने उनले दाबी गरे ।
दीपशिखा धितोपत्र कारोबार कम्पनीका महाप्रबन्धक विष्णुु ओझाले २०७६ सालको सेयर बजार मिश्रित रहेको बताए ।
बजारमा सुुधारका कदमहरु चालिएको जिकिर गर्र्दै बजार अन्तिम विन्दूूबाट बजार उक्लने प्रयास गरेको उनले स्मरण गरे । बजार बढ्ने आधारहरु तय भइरहेको नागरिक लगानी कोष स्टक डिलर कम्पनीको रुपमा प्रवेश हुुनुु र बजारसुुधारका प्रयासहरु भइरहेकाले आगामी वर्ष बजारले राम्रो आशा देखाउने दाबीसमेत गरे । समग्रमा बजारले राम्रो दिशा तय गर्ने उनको बुुझाइ छ ।
युवा लगानीकर्ता कमल पन्थी न्यूून विन्दूूबाट सेयर बजार उक्लेर १६७० विन्दूूमा पुुगेको स्मरण गर्छन् । यो वर्ष लगानीकर्ताहरुलाई कोरानाले नै प्यानिक बनाएको उल्लेख गर्दै नियमनकारी नेतृत्वहरुको पदपूूर्ति भएकाले लगानीकर्ताहरुमा मनोबल बढेको र यसको असर बजारलाई राम्रो गति दिनेमा उनले आशावादी भएको सुुुनाए ।
आगामी वर्ष पूूर्ण डिजिटल सेयर कारोबार हुुनेमा आशा राखेका उनले यसले समेत लगानीकर्ताहरुमा सकारात्मक प्रभाव पर्ने आँकलन गरे । बैंकलाई ब्रोकर लाइसेन्स र कमिसन घट्ने विषयले प्राथमिकता पाउने भएकोले बजार उज्वल भएको उनको ठम्याइ छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19