काठमाण्डौ । यो साताभरिको सेयर बजारको चाल स्थिर देखिएको छ।
यो साताको ५ कारोबार दिनमा ३ दिन बजार बढेको छ भने २ दिन घटेको छ। साताको पहिलो र दोस्रो दिन क्रमशः आइतबार र सोमबार उकालो लागेको बजार तेस्रो र चौथो दिन क्रमशः मंगलबार र बुधबार ओरालो लागेको थियो। साताको अन्तिम कारोबार दिन भने पुनः बजार उकालो लागेर बन्द भएको छ।
समग्रमा यो साताभरि नेप्से परिसूचक स्थिर देखिएको छ। गत साता बिहीबार २८४३ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम दिन बिहीबार पनि २८४३ विन्दुमा उक्लिएर बन्द भएको छ।
यो साताभरिको कारोबार पनि लगभग स्थिर नै देखिएको छ। गत साताको बिहीबार कुल बजार पुँजीकरण ३९ खर्ब ४९ अर्ब रुपैयाँ रहेकोमा यो साता बिहीबार पनि ३९ खर्ब ४९ अर्ब रुपैयाँ नै रहेको छ।
यो साताभरिको तथ्यांकलाई हेर्ने हो भने बैंकिङ सेक्टर गत साताको तुलनामा लगभग १८ अंकले उकालो लागेको छ भने होटेल तथा पर्यटन समूह ६५ अंकले बढेको छ।
अन्य समूह यो साता ९ अंकले घटेको देखिएको छ भने जलविद्युत समूह ३९ अंकले ओरालो लागेको छ।
यो साता विकास बैंक समूह ३ अंकले ओरालो गर्दा उत्पादन तथा प्रशोधन समूह ३९ अंकले उकालो लागेको छ।
यसैगरी यो साता निर्जीवन बीमा समूहमा २१ अंक गिरावट आएको छ। वित्त समूह १ अंकले बढ्दा व्यापार समूह ३४ अंकले घटेको छ।
लघुवित्त र जीवन बीमा पनि क्रमशः २ अंक र १८८ अंक घटेका छन् भने म्युचुअल फन्ड समूह ०.०८ अंकले उकालो लागेको छ। लगानी समूहमा २.१० अंकले घटेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19