– अर्जुन तिमिल्सिना
काठमाण्डौ । केही दिनदेखि सेयर बजारमा निरन्तर गिरावट आइरहेको छ। बजारमा लगानीकर्ताको मनोविज्ञान पनि खस्किँदै गइरहेको छ।
बजार बढेपछि घट्ने र घटेपछि बढ्नु स्वाभाविक नै हो। अहिलेको घटाइले पनि बजार थप मजबुत भएर माथि नै जाने आधार निर्माण हुँदै गरेको अवस्था छ।
आज हामीले कारोबार र भोलुमका आधारमा बनेका रेखाचित्रका आधारमा बजारको आगामी यात्राको प्रक्षेपण गर्ने कोसिस गरेका छौँ। जसअन्तर्गत इलिअट वेभमा लामो समयको प्रक्षेपण गरिएको छ भने अन्य औजारअन्तर्गत सेयर बजारको अल्पकालीन गतिलाई नाप्ने कोसिस गरिएको छ।
मैनबत्ती विश्लेषणका आधारमा
मैनबत्ती विश्लेषणअन्तर्गत गत सोमबार बजारले ह्यांगिङ म्यान बनाएको थियो (हेर्नुहोस् रातो एरो)। यसले घट्दो बजारलाई संकेत गर्छ। आज रातो लामो मारुबुजु बनेकोले उच्च बिक्रीचाप रहेको बुझ्न सकिन्छ। गत ५ दिनको कारोबारमा २५० भन्दा बढी अंक घटेकोले बजारमा अल्पकालीन लागनीकर्ता कुनै पनि बेला हावी हुन सक्ने देखिन्छ।
इलिअट वेभका आधारमा
यो सिद्धान्तमा ५ वेभ र ९ डिग्री हुन्छन्। त्यस्ता डिग्रीहरुले सानाठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समय अवधिलाई प्रतिनिधित्व गर्छन्। इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छन्। सन् २०१९ नोभेम्बर महिनादेखि हालसम्मको बजारले बनाएको रोखाचित्रलाई आधार मानेर इलिअट वेभलाई विश्लेषण गर्ने हो भने हाल माइनर डिग्रीको वेभ ५ पूरा भएर ‘ए’ ‘बी’ ‘सी’ चलेको देखिन्छ। जसअन्तर्गत ‘ए’ र ‘बी’ पूरा भएर हाल वेभ ‘सी’ चल्दै गरेको बुझिन्छ। इलिअट वेभमा वेभ ‘ए’ बराबर वेभ ‘सी’ हुन्छ भन्ने सिद्धान्तलाई आधार मानेर विश्लेषण गर्नुपर्दा वेभ ‘ए’ लगभग ४०० अंक घटेको देखिन्छ। वेभ ‘बी’ ३ हजारको विन्दुमा सकिएको सम्भावना देखिन्छ। अब वेभ ‘ए’ बराबर नै वेभ ‘सी’ चल्ने भएकोले बजार लगभग २६०० को विन्दुमा अहिलेको करेक्सन सकिने सम्भावना बलियो देखिन्छ। जहाँबाट बजारले यूटर्न लिने सम्भावना देखिन्छ। यदि भविष्यमा बजार यो विन्दुसम्म आउँछ भने विज्ञानको चालसम्बन्धी तेस्रो नियम क्रियाबराबर प्रतिक्रिया हुन्छ भन्ने सिद्धान्तलाई टेकेर नै भन्न सकिन्छ कि नेपालको सेयर बजार आगामी १ वर्षभित्र ३५०० माथि नै हुन्छ। यद्यपि हालको घटाइ अल्पकालीन हो र बजार अहिले आरएन इलिअटकै सिद्धान्तमा चलेको भन्ने हाम्रो बुझाइ छ। (हेर्नहोस् माथि मुख्य तस्बिर)
फिवोनासी सिद्धान्तका आधारमा
फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपटक बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपात २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्। यो सिद्धान्तअनुसार यदि बजार घटेमा ०.२३ प्रतिशतको टेवा ३०५० को विन्दुसम्म, ०.३८ प्रतिशतको टेवा २९५१ को विन्दुसम्म तथा ०.५ प्रतिशतको टेवा २८६० को विन्दुसम्म, ०.६१ प्रतिशतको टेवा २७७३ को विन्दुसम्म र ०.७८ प्रतिशतको टेवा २६४८ को विन्दुसम्म बजार आउन सक्ने देखिन्छ।
एमएसीडी लाइनका आधारमा
एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रस ओभर र माथिबाट काट्छ भने बियरिस क्रस ओभर हुन्छ। यो लाइनअन्तर्गत भन्नुपर्दा एमएसीडी लाइनले सिग्नल लाइनलाई माथिबाट केही समय पहिलै नै काटेको छ। एमएसीडी लाइन र सिग्नल लाइन टाढा–टाढा हुँदै गएको देखिन्छ (हेर्नुहोस् दोस्रो कालो एरो)। हिस्टोग्राम पनि नेगेटिभ भएका छन्। एकपटक छोटा–छोटा हुँदै गएर पुनः फेरि लामा–लामा हुँदै गएकोले बजारमा केही समय अझै करेक्सनको सम्भावना रहेका देखिन्छ।
बोलिंगर ब्यान्डका आधारमा
यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्यरेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वाभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो।
बजारलाई बोलिंगर ब्यान्डअन्तर्गत हेर्दा आज तल्लो ब्यान्डलाई छोएर ब्रेक आउट भएको देखिन्छ। यदि मूल्य रेखाले तल्लो ब्यान्डलाई छोएको खण्डमा र ब्यान्डको दूरी कम हुँदै गएर हरियो क्यान्डल बन्छ भने यसले बजारमा प्रवेश गर्न सकिने संकेत मिल्छ। हाल अप्पर ब्यान्ड र लोअर ब्यान्डको दूरी पनि क्रमशः बढेको देखिन्छ। यसले बजारमा उच्च उत्तारचढाव रहेको संकेत गर्छ। यो ब्यान्डका आधारमा केही समय ‘पर्ख र हेर’ को अवस्थामा रहेको बुझिन्छ।
आरएसआईका आधारमा
आरएसआई विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभर बट जोन भनेर छुट्याइन्छ। यसअन्तर्गत हालको बजारको आरएसआई २८.९६ रहेको छ। जसको अर्थ हुन्छ ओभर सोल्ड जोनमा छ र अघिल्लोपटक यो विन्दु ७८.९७ को तहमा पुगेपछि करेक्सन आएको थियो। बजारको न्यून आरएसआई २४.३७ मा आउँदा अघिल्लोपटक बजारमा सुधार आएको थियो।
पिभट प्वइन्टका आधारमा
आगामी दिनमा यदि बजार बढेमा
पिभट प्वइन्ट : ३०३७
नोट : सेयर बजारमा प्राविधिक विश्लेषण विभिन्न औजारमा आधारित अनुमान हो। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारको सिफारिस भने होइन। कारोबार गर्दा आफ्नो स्वविवेक प्रयोग गरिनुपर्छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19