 
                     
                                
                             
                                    काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आउँदो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत हुने भएको छ।
धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आईपीओ सूचीकृतका लागि आवश्यक सबै कागजपत्र नेप्सेमा पुगिसकेको छ। ग्लोबल मनी विक चलिरहेकोले सूचीकरण सम्झौतामा ढिलाइ रहेको क्यापिटलले जनाएको छ। सम्भवतः आउँदो साता आइतबार वा सोमबारसम्म नेष्डो समृद्ध लघुवित्तको आईपीओ नेप्सेमा सूचीकरण हुन सक्ने क्यापिटलले जनाएको छ।
आउँदो आइतबार वा सोमबार नेष्डो समृद्ध लघुवित्तको आईपीओमा नेप्सेमा सूचीकृत भएमा आगामी साताबाट यो लघुवित्तको सेयर कारोबारमा आउनेछ।
यो संस्थाले गत फागुन ११ गतेदेखि फागुन १५ गतेसम्म ८ करोड २८ लाख ७५ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो। जसअनुसार संस्थाले १०० अंकित दरका कुल ८ लाख २८ हजार ७५० कित्ता आईपीओ जारी गरेको थियो।
यो आईपीओको बाँडफाड गत फागुन २४ गते भएको थियो।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19