काठमाण्डौ । बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई) लिमिटेडले लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ बुक क्लोजको मिति तय गरेको छ। 

कम्पनी सञ्चालक समितिको बैठक यी दुवै कम्पनीको पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ पुस १९ गतेसम्म कायम सेयरधनीहरुमात्रै यी कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। 

आर्थिक वर्ष २०७८÷७९ का बोटलर्स नेपालले प्रतिसेयर २० रुपैयाँ र बोटलर्स नेपाल (तराई)ले प्रतिसेयर ६० रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ। 

प्रस्तावित लाभांश दुवै कम्पनीको वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीहरुले पाउनेछन्।