काठमाण्डौ । कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित दुई म्युचुअल फन्डको लाभांश वितरणार्थ बुक क्लोजको मिति तय गरिएको छ।

कुमारी इक्विटी फन्ड र धनवृद्धि योजनाको आर्थिक वर्ष २०७९–८०को लाभांश वितरणार्थ बुक क्लोजको मिति तय गरिएको हो। 

योजना व्यवस्थापक कुमारी क्यापिटलले यी दुवै योजनाको लाभांश वितरण गर्न यही भदौ १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ भदौ १७ गतेसम्म कायम इकाइधनीहरुले यी दुवै योजनाको लाभांश पाउनेछन्। 

कोष प्रवर्द्धक कुमारी बैंकको कुमारी इक्विटी फन्डका इकाइधनीहरुलाई करसहित १० प्रतिशत र कुमारी धनवृद्धि योजनाका इकाइधनीहरुलाई ६ प्रतिशत (करसहित) वितरण गर्ने घोषणा गरिएको छ।