काठमाण्डौ । एनएमबि म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुई योजनाको प्रतिफल वितरण प्रयोजनार्थ बुक क्लोजको मिति तय गरिएको छ।

योजना व्यवस्थापक एनएमबि क्यापिटल लिमिटेडका अनुसार एनएमबि फिफ्टी र एनएमबि हाइब्रिड फन्ड एल–१ को प्रतिफल वितरण प्रयोजनार्थ आउँदो भदौ १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरिएको हो। यसको अर्थ भदौ १७ गतेसम्म कायम इकाइधनीहरुले यी दुवै योजनाका लागि घोषित प्रतिफल पाउनेछन्। 

गत आर्थिक वर्षका लागि एनएमबि फिफ्टीका इकाइधनीहरुलाई ३० प्रतिशत (करसहित) र एनएमबि हाइब्रिडका इकाइधनीहरुलाई २० प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने घोषणा गरिएको छ।