Symbolic Picture
काठमाण्डौ । कागेश्वरी मनोहरा नगरपालिकामा पर्ने काँडाघारी क्षेत्रमा सैलुन व्यवसाय संचालन गर्नेमा कोरोना संक्रमण पुष्टि भएसँगै सो क्षेत्र शिल गरिएको छ ।
एक सैलुन संचालकलाई कोरोना पोजिटिभ पुष्टि भएपछि कागेश्वरी मनोहरा नगरपालिकाको अगुवाईमा वडानम्बर ९ स्थित काँडाघारी क्षेत्र शिल गरिएको हो ।
सैलुन संचालकलाई कोरोना पुष्टि भएपछि केही दिनयता उनले कपाल र दाह्री काटेका मानिसहरुको खोजी सुरु गरिएको कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले जानकारी दिए ।
थापाका अनुसार संक्रमितको संख्या बढेसँगै गोठाटारदेखि काँडाघारी क्षेत्रसम्मै कडाई गरिएको छ ।
वडानम्बर ७ मा पनि कोरोना संक्रमितको संख्या बढिरहेको र त्यहाँ तिजको दर खान आयोजित भेटघाटबाट कोरोना फैलिएको आशंका गरिएको छ । सो भेलामा सहभागी हुन गएकाहरुको समेत खोजी भइरहेको थापाले जानकारी दिएका छन् ।
हालसम्म कागेश्वरी मनोहरा क्षेत्रमा मात्रै कोरोना संक्रमितहरुको संख्या ७१ पुगिसकेको छ । बढ्ने क्रम जारी रहेको छ । कोरोना संक्रमित बढेसँगै संक्रमण समुदाय स्तरमा फैलिएको आशंकामा कन्ट्याक्ट ट्रेसिङ र कडाईलाई सँगसँगै अगाडि बढाइएको थापाले जानकारी दिए।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago