काठमाण्डौ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मतगणना जारी छ । अन्तिम चरणमा रहेको मतगणनाको क्रममा अधिकांश ठाउमा बाम गठबन्धनको लहर चलेको छ । बामघटकमा सामेल दलका कार्यकर्ता र समर्थक उत्साहित छन् । यता, निर्वाचनपछि बजार बढ्ने आशामा बसेका लगानीकर्ताहरु भने कांग्रेस कार्यकर्ता र समर्थक झै निराश छन् । पुरानो सरकारले औपचारिक रुपमा विदा नलिइसकेको र नया“ सरकारको नबनिसकेको अवस्थामा आखिर किन घट्यो होला त बजार ?
बजार विश्लेषकहरुको भनाईलाई मान्ने हो भने जसरी सिंगो देशले बामपन्थीहरुको नेतृत्वमा बन्ने सरकारको व्यग्र प्रतिक्षा गरिरहेको छ, बजारले पनि उसैगरी नया“ सरकारको प्रतिक्षा गरेको छ। नया“ सरकारको नेतृत्व, त्यसको स्वरुप, नया“ सरकारले लिने आर्थिक नीति र विशेष गरी अर्थमन्त्रीको रुपमा कस्तो व्यक्ति आउला भनेर अधिकांश लगानीकर्ता ‘पर्ख र हेर’को रणनीतिमा बस्दा बजारमा मन्दी छाएको हो । यही कारण सोमबार एकाएक कारोबार रकम घट्यो भने नेप्से परिसूचकमा पनि २.७४ अंकको गिरावट आएको छ।
आइतबारको तुलनामा बजारको गिरावटको गति केही घटे पनि कारोबार रकममा भने पहिरो नै गएको छ। यसले भविष्यमा बजार कतै घट्ने ट्रेण्डमा पो कुद्ला कि भन्ने त्रास लगानीकर्तामा देखिएको छ।
सोमबार बजारका उत्पादनमूलक र अन्य बाहेक बा“की सबै समूहको सूचकमा रातो पोतिएको छ । उत्पादनमूलक ०.५६ अंकले घटेको छ भने अन्य समूहमा ०.८७ अंकको गिरावट देखिएको छ।
यो दिन बैकिङ समूह १.८३ अंकले घटेको छ । यस्तै, व्यापारिक समूहमा २.२८, होटल समूह ७.१, विकास बैंक समूह ९.१, जलविद्युत समूह ३.०४, बित्त समूह ०.९४, बिमा समूह २६.७३ र माइक्रोफाइनान्स समूह ५.४७ अंकले घटेको छ ।
यो दिन ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ०.६९ अंकले घटेको छ भने समग्र कारोबारमापक फ्लोट इण्डेक्समा ०.१९ अंकको गिरावट देखिएको छ ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५७ कम्पनीका ८ लाख ५६ हजार १ सय १८ कित्ता सेयर ४६ करोड ४५ लाख ५० हजार ६ सय १८ रुपैयामा किनबेच भएको छ ।
सबैभन्दा बढी स्ट्याण्डर्ड चार्टर्डले ६ करोड बढीको कारोबार गरेको छ । प्राइम लाइफ इन्स्योरेन्सको ४ करोड ७५ लाख बढीको सेयर कारोबार भएको बजारमा बुटवल पावर कम्पनीले १ करोड ७६ लाखको कारोबार गरेकोछ। नबील बैंकको १ करोड ७६ लाखकै सेयर किनबेच भएको यो दिन नेपाल टेलिकमले १ करोड ६९ लाख, एभरेष्ट बैंकले १ करोड ६७ लाख, चिलिमे हाइडोले १ करोड ६४ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले १ करोड १८ लाख बढीको कारोबार गरेका छन्।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन सबैभन्दा बढी एभरेष्ट बैंकको अग्राधिकार सेयरको मूल्य बढेको छ। यस्तो सेयरको मूल्यमा साढे ७ प्रतिशतको हाराहारीमा वृद्धि भएको हो ।
यो दिन नेशनल माइक्रोफाइनान्स बित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ। यो कम्पनीको मूल्यमा ६ प्रतिशतको हाराहारीमा घटेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19