आधुनिक जीवनमा तनावको समस्या जताततै देख्न सकिन्छ । तनाव विभिन्न कारणले हुन सक्छन् । यसका समाधानका उपाय पनि छन् । यस्तो अवस्थामा काजुको नियमित सेवनले पनि तनाव कम गर्न सकिन्छ । यो भिटामिन बी को समृद्ध स्रोत हो, जसले शरीरको क्षमता बढाउँछ । काजुलाई मुड बनाउने खाद्यपदार्थ पनि भनिन्छ ।
किन हुन्छ डिप्रेसन ?
कुनै पनि काममा मन नलाग्नु, अरुची,कुनै पनि कुराले खुशी नहुनु र दुःखको अनुभूति पनि नहुनु डिप्रेसनको लक्षण हो । डिप्रेसन मानसिक स्वास्थ्यका लागि हानिकारक मानिन्छ । यसको अवसर स्वास्थ्यमा पर्छ । यस्तो अवस्थामा व्यक्तिको मनमा अनौठा विचार आउछन् । कुनै पनि कुराले हडबडाउने गर्छन्। डिप्रेसन र डाइबिटिज रोगबाट पीडित मानिसमा मुटु रोग, अन्धोपन र मष्तिष्कसंग सम्बन्धी रोग हुने सम्भावना हुन्छ ।
काजुले हटाउँछ डिप्रेसन
काजुको सेवन प्राकृतिक रुपले डिप्रेसनको उपचार हो । काजुमा पाइने म्याग्नेसियमले शरीरमा सेरोटोनिनको स्तर बढाउँन मद्धत गर्छ । सेरोटोनिनलाई खुशी राख्ने रसायन भनिन्छ । यसका अलावा यो प्रोटीनको पनि राम्रो स्रोत हो । यसमा पाइने कपरले शरीरमा इन्जायमको गतिविधि, हार्मोनको उत्पादन, मष्तिष्कको कार्यमा मद्धत गर्छ । काजुमा एकप्रकारको तेल हुन्छ, यो भिटामिन बीको राम्रो स्रोत हो । यहीकारण यसलाई तत्काल शक्तिदायक खाद्यपदार्थ मानिन्छ । खालीपेटमा महका साथ काजु खानाले स्मरणशक्ति चाँडै बढ्छ ।
काजुका अन्य फाइदा
काजुमा मोनो स्याचुरेटेड फ्याट हुन्छ, जसले मुटुलाई स्वस्थ राख्छ र मुटुरोग लाग्ने सम्भावना कम हुन्छ । यो कोलेस्टेरोलरहित हुन्छ । छालाका लागि पनि काजुलाई दूधमा रगडेर लगाउनाले सुन्दर र नरम हुन्छ । काजुको नियमितसेवनले कपाल झर्नबाट रोक्छ । यसमा सोडियम कम र पोटासियम बढी हुन्छ, जसले रक्तचाप पनि कम गर्छ । काजुमा एन्टी अक्सिडेन्ट, जस्तै, भिटामिन इ र सेलनियमन पनि पाइन्छ, जसले क्यान्सरबाट बचाउँछ । यसमा हुने जिंकले संक्रमणविरुद्ध लड्न मद्धत गर्छ ।
स्वास्थ्यखबरबाट
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago