swine flu
काठमाण्डौ । राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आएका एकजना विरामीमा स्वाइन फ्लु भाइरस फेला परेको छ ।
अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले ती बिरामीको रुघाखोकी निको नभएपछि स्वाइन फ्लुको भाइरस भेटिएको हो ।
कोही पनि बिरामीमा खोकी लागिरहेमा, घाँटी खस्खसाइरहेमा एवं १० दिनसम्म पनि कडा ज्वरो आइरहेमा चिकित्सिककहाँ जान डा. पुनले सुझाव दिएका छन् ।
त्यसैगरी वालवालिकामा ज्वरोसँगै बान्ता हुने पखाला लाग्ने भएमा त्यस्तो लक्षण देखिनेवित्तिकै डाक्टरकहाँ जान पुनको सुझाव छ । यो खबर आजको गोरखापत्रमा छापिएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19