काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डौ उपत्यका कोरोना संक्रमित मुक्त भएकोमा आफूलाई सन्तोष लागेको बताएका छन् ।
एकघण्टाअघि एक ट्वीट गर्दै प्रधानमन्त्री ओलीले काठमाण्डौ उपत्यकालाई हाललाई संक्रमित मुक्त भएकोमा सन्तोष व्यक्त गरेका हुन् ।
‘कोरोना संक्रमित सबैभन्दा पाको उमेरकी ८१ वर्षीया जेष्ठ नागरिक सञ्चो हुनुभएसँगै काठमाडौँ उपत्यका हाललाई कोरोना बिरामी मुक्त भएकोमा सन्तोष लागेको छ। डिस्चार्ज भएका सबैको फेरि एकपटक सुस्वास्थ्यको कामना गर्दछु।’ प्रधानमन्त्रीले भनेका छन् ।
काठमाण्डौ हिजोदेखि कोरोना संक्रमित मुक्त भएको थियो । पछिल्लो पटक पाटन अस्पतालको आइसोलेसनमा उपचाररत पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टकी ८१ वर्षीया र उनका छोरा ५८ वर्षीय बिहीबार डिस्चार्ज भएका थिए । उनीहरु घर फर्किएसँगै हाल काठमाण्डौका कुनै पनि अस्पतालमा कोरोना संक्रमित बिरामी छैनन् । यो क्षेत्रमा कोरोना संक्रमणको नयाँ घटना समेत देखा परेको छैन । यही विषयमा प्रधानमन्त्रीले सन्तोष व्यक्त गरेका हुन् ।
काठमाण्डौको टेकू अस्पतालमा उपचाररत २ संक्रमित यसअघि नै डिस्चार्ज भइसकेका छन् । देशकै पहिलो कोरोना संक्रमितको उपचार समेत टेकूमै भएको थियो, उनी पनि निको भएर फर्किसकेका छन् ।
काठमाण्डौबाहेक देशका विभिन्न क्षेत्रबाट हालसम्म १० संक्रमित निको भएर फर्किइसकेका छन् भने ३८ जनाको विभिन्न अस्पतालमा राखेर उपचार भइरहेको छ ।
चितवनमा फेला परेका २ संक्रमित(आमाछोरा)मध्ये छोराको पछिल्लो स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । यसरी उपचार गराइरहेका संक्रमितको रिपोर्ट समेत धमाधम नेगेटिभ आइरहेका कारण निको भएर फर्किनेको संख्या अझ बढ्ने देखिन्छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म फेला परेका कोरोना संक्रमितमध्ये कसैको अवस्था पनि गम्भीर छैन । हालसम्म नेपालमा कोरोना संक्रमणबाट कसैको पनि ज्यान गएको छैन ।
यो पनि पढ्नुहोस्:
कोरोना संक्रमितमुक्त बन्यो काठमाण्डौ, लकडाउन खुल्ला ?
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago