काठमाण्डौ । उपत्यकाभित्र पुनः कोरोना संक्रमित फेला परेका छन् । 

काठमाण्डौ र भक्तपुरमा गरी ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

काठमाण्डौ जिल्ला निवासी ३३ वर्षीया महिला तथा भक्तपुर निवासी २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको हो । 

योसहित पर्सा, महोत्तरी, धनुषा र सर्लाहीमा गरी २६ जना थप संक्रमित फेला परेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुगेको छ । 

पर्सामा २२, २८, २८, ३२, ४५ र ६० वर्षका महिलाहरु, १६, २२, २४, २५, २५, २८, २८, ३२, ५९, ५५, ६१, १६ वर्षका पुरुषहरुमा संक्रमण भेटिएको छ । 
धनुषा जिल्ला निवासी २० वर्षीया महिला र ४० वर्षीय पुरुष तथा सर्लाहीका ४५ वर्षीय एक पुरुषमा समेत कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।