काठमाण्डौ । काठमाण्डौ उपत्यकाका तीन जिल्लामा एकैदिन ३० जना कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा काठमाण्डौ जिल्लामा २७ सहित ललितपुरमा २ र भक्तपुरमा १ गरी उपत्यकामा ३० जना संक्रमित थपिएका हुन् । योसँगै काठमाण्डौ उपत्यकामा कोरोना संक्रमितको कुल संख्या २०० नजिक पुगेको छ ।
सरकारले २०० बढी संक्रमित भएको स्थानमा फेरि पूर्ण लकडाउन गर्नसक्ने यसअघि नै व्यवस्था गरिसकेको छ । काठमाण्डौ उपत्यकालाई पनि एउटा जिल्ला मानिएका कारण यहाँ २०० बढी संक्रमित भएपछि लकडाउनको स्वरुप परिवर्तन हुनसक्ने स्वास्थ्य मन्त्रालयका एक अधिकारीले दाबी गरेका छन् ।
काठमाण्डौ उपत्यकासँगै देशका अन्य क्षेत्रमा समेत कोरोना संक्रमित थपिने संख्या बढिरहेको छ । देशभर पछिल्लो २४ घण्टामा २९३ संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसहित देशभर कुल संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ ।
गत २४ घण्टाभित्र १३२ जना आइसोलेसन सेन्टर र विभिन्न अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन् । योसहित हालसम्म डिस्चार्ज हुनेको संख्या ६ हजार ५४७ पुगेको मन्त्रालयले जनाएको छ
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago