काठमाण्डौ । संक्रमणको जोखिम बढेसँगै काठमाण्डौ उपत्यका लगायतका क्षेत्रका बासिन्दाको मनमा एउटै प्रश्न छ: के सरकारले फेरि लकडाउन गर्दैछ ?
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले संक्रमणको जोखिम बढ्न थालेको र यो क्रम नरोकिए काठमाण्डौमा भयावह अवस्था आउनसक्ने भन्दै संक्रमण नियन्त्रणका लागि फेरि पनि लकडाउन हुनसक्ने प्रष्ट संकेत गरेका छन् ।
उनले नागरिकहरुलाई अवस्था भयावह बन्नेतर्फ सचेत हुन आग्रह गर्दै सरकार उपत्यकामा स.क्रमण नियन्त्रणका लागि नयाँ रणनीति अनुसार अगाडि बढ्न थालेको बताए ।
उनका अनुसार बाहिरी जिल्लाबाट उपत्यका आउने व्यक्तिलाई क्वारेन्टिनमा राख्ने, जोरविजोर प्रणालीबाट सवारी साधन संचालन गर्ने विषय तत्कालै कार्यान्वयनमा ल्याउने गरी तयारी थालिएको छ । योसँगै सरकारले काठमाण्डौ र देशभरका अन्य क्षेत्रहरुमा समेत पीसीआर परीक्षणलाई व्यापक बनाउने तयारी गरेको छ ।
ठूलो जनघनत्व भएको काठमाण्डौमा कोरोना संक्रमण आगोजसरी फैलिँदै गयो भने त्यसले डढेलोको रुपमा लिन सक्छ । उनले भने ।
दैनिक १८ हजार पीसीआर परीक्षण गर्नसक्ने गरी सरकारको क्षमता विकास भएको र सरकारले जनसंख्याको २ प्रतिशत अर्थात ६ लाखको परीक्षण गर्ने बताए । हालसम्म ३ लाख ७० हजारको पीसीआर परीक्षण भइसकेको स्वास्थ्यमन्त्रीले जानकारी दिए ।
उनले संक्रमण बढी देखिएका जिल्लाहरूलाई अनुगमन र मूल्याङ्कन गरी कडाई गर्ने र जिल्लास्तरीय लकडाउन कार्यान्वयनमा ध्यान दिइने बताए ।
उनले काठमाण्डौमा एकैपटक लकडाउन नहुने प्रष्ट संकेत गरे । लकडाउनका विभिन्न चरणका उपायमा पहिला जाने र त्यसपछि संक्रमणको अवस्था हेरेर थप निर्णय गर्दै जानु उपयुक्त हुने आफूहरुले प्रधानमन्त्री कार्यालयमा समेत सुझाव दिएको बताए ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago