काठमाण्डौ । कोरोना महामारीको दोस्रो लहरको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाण्डौले उपत्यका भित्रिने मुख्य नाकाहरुमा निगरानी बढाएको छ। 

काठमाण्डौ भित्रिने मुख्य नाकाहरुबाट प्रवेशमा कडाइ गरिएको प्रशासनले जनाएको छ। स्वास्थ्य मन्त्रालयले पनि बुधबार नियमित पत्रकार सम्मेलनमा मुख्य नाकाहरुमा कोरोना परीक्षणको दायरा बढाइने जनाएको थियो। 

मुख्य नाकाहरुबाट काठमाण्डौ प्रवेश गर्ने व्यक्तिहरुलाई ज्वरो आएका तथा रुघाखोकी लागेको पाइएमा अनिवार्य रुपमा पीसीआर परीक्षणमा पठाउन थालिएको प्रमुख जिल्ला अधिकारी काली पराजुलीले जानकारी दिए। नाकारहरुमा ज्वरो नाप्ले कार्यलाई कडाइ गरिएको पनि उनले बताए। 

पछिल्लो २४ घन्टाको अवधिमा देशभर थप १६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो अवधिमा ५९ जना संक्रमणमुक्त भएका छन्।