काठमाण्डौ । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सक्रिय संक्रमित सहरमा ५०० र पहाडमा २०० भेटिएमा निषेधाज्ञा जारी गर्न सिफारिस गरेको छ।
सीसीएमसीको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। यो निर्णयसँगै काठमाण्डौ उपत्यकालगायतका ९ जिल्लामा तत्काल निषेधाज्ञा लागू हुने संकेत देखिएको छ।
अहिलेसम्म उपत्यकाका तीनै जिल्ला काठमाण्डौ, भक्तपुर र ललितपुरमा सक्रिय संक्रमितको संख्या ५०० कटिसकेको छ। यसैगरी बाँके, दाङ, रुपन्देही, मोरङ, पर्सा र कास्की जिल्लामा पनि ५०० भन्दा बढी नै सक्रिय संक्रमित छन्।
यस्तो अवस्थामा यी जिल्लामा तत्काल निषेधाज्ञा लागू हुन सक्ने संकेत देखिएको छ। यद्यपि निषेधाज्ञा लगाउन स्थानीय प्रशासनलाई सीसीएमसीले अधिकार प्रत्यायोजन गरेको छ।
पहाडी जिल्लाहरुमा भने सक्रिय संक्रमितको संख्या २०० नाघ्ना साथ निषेधाज्ञा लगाउन स्थानीय तहलाई अधिकार दिइएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19