काठमाण्डौ । पछिल्लो २४ घन्टामा काठमाण्डौ उपत्यकामा मात्रै ३ हजार ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार उपत्यकाका तीन जिल्लामा एकैदिन ३ हजार ९२७ जना संक्रमित थपिएका हुन्। जसअनुसार काठमाण्डौ जिल्लामा २ हजार ७८८, ललितपुर जिल्लामा ६०२ र भक्तपुर जिल्लामा ५३७ जना संक्रमित थपिएका छन्। 

पछिल्लो २४ घन्टामा देशभर ९ हजार ४८३ जनामा कोरोना पुष्टि भएको छ। योसँगै हालसम्म कोरोनाबाट संक्रमित हुनेका संख्या ४ लाख १३ हजार १११ पुगेको छ। 

यो अवधिमा थप ५ हजार २२५ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या ३ लाख १२ हजार १९ पुगेको छ।

देशभर हाल सक्रिय संक्रमितको संख्या ९७ हजार ८ रहेको छ। 

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप २२५ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ४ हजार ८४ पुगेको छ।