काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाको जारी मतगणनाअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले एमालेका केशव स्थापित र कांग्रेसकी सिर्जना श्रेष्ठको मत जोड्दा हुने कुल मतभन्दा बढी मत ल्याउँदै अग्रता कायमै राखेका छन्।

पछिल्लो मत परिणामअनुसार बालेन एक्लैले ६ हजार २०७ मत ल्याएका छन्। जब कि एमालेका उम्मेदवार स्थापितले ३ हजार २४३ मत र कांग्रेसकी श्रेष्ठ २ हजार ८८५ मत ल्याएकी छन्। 

अहिलेसम्मको गणनाअनुसार स्थापित र श्रेष्ठले प्राप्त गरेको मत जोड्दा ६ हजार १२८ मत हुन्छ। बालेनले भने एक्लैले ६ हजार २०७ मत प्राप्त गरिसकेका छन्। यो हिसाबले बालेनको मत यी दुवैको कुल मतभन्दा ७९ मत बढी देखिएको छ। 

उता उपमेयरमा भने एमालेकी सुनिता डंगोलले फराकिलो मतान्तरका साथ अग्रता लिइरहेकी छन्। उनको हालसम्म ३ हजार ३८४ मत आउँदा निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका रामेश्वर श्रेष्ठले ९९२ मत र राप्रपाकी बिनिता मगैयाले ७६० मतमात्रै प्राप्त गरेका छन्।