काठमाण्डौ । सेयर लगानीकर्ता तथा कारोबारीका लागि खुशीको खबर । बजारमा स्वचालित अनलाइन कारोबार प्रणाली कात्तिकको तेश्रो सातादेखि कार्यान्वयनमा ल्याउने गरी तयारी थालिएको छ ।
पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली निर्माणको ठेक्का पाएको वाइको प्रालिले नेपाल स्टक एक्सचेञ्जलाई भदौदेखि स्वचालित प्रणालीको परीक्षण सुरु गरी कात्तिकदेखि कार्यान्वयनमा ल्याउने जानकारी गराएको हो ।
बुधबार वाइको प्रालिका परियोजना व्यवस्थापक सञ्जय चौधरीले नेप्सेका प्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया र उच्च अधिकारीहरु समक्ष परियोजनाको प्रगतिबारे जानकारी दिएका हुन् । सो क्रममा उनले भने, ‘प्रस्तावित प्रणालीको विभिन्न मोडुलहरुमा समानान्तर ढंगले काम भइरहेको छ। आगामी कात्तिकको तेस्रो साता प्रयोगकर्ताले नयाँ प्रणालीबाट कारोबार गर्न सक्नेछन्।’
चौधरीले कारोबार, राफसाफ तथा फछ्र्यौट, सुपरिवेक्षण तथा अनुगमन, जोखिम व्यवस्थापन लगायत प्रस्तावित प्रणालीमा रहेका विभिन्न मोडुलहरुको विकास कुन कुन चरणमा छ भन्ने जानकारी गराएका नेप्सेले जनाएको छ। चौधरीले प्रस्तावित प्रणालीका लागि आवश्यक सम्पूर्ण हार्डवयर उपलब्ध गराइसकेको पनि जानकारी दिए । ‘हामी निर्धारित समयभित्रै अल्फा, बिटा टेस्टमा जान्छौं,’ उनले भने ।
नेप्सेका प्रमुख कार्यकारी अधिकृत सीताराम थपलियाले प्रणाली विकासमा संलग्न टोलीको कार्यप्रगति प्रति सन्तोष प्रकट गर्दै आवश्यक सहयोग गर्न नेप्से तत्पर रहेको बताए । ‘हाम्रा लगानीकर्ता पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको ब्यग्र प्रतिक्षामा छन,’ उनले भने, ‘यथासम्भव छिटो नयाँ प्रणाली सञ्चालनमा ल्याउन आवश्यक छ ।’
यसअघि वाइकोले नेप्से, सदस्य दलाल तथा लगानीकर्ताहरु समक्ष परियोजनाको बृहत खाका प्रस्तुत गरेको थियो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19