काठमाण्डौ । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित ४ वटा योजनाहरुको कात्तिक महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ।
कोष प्रवर्द्धक एनआईसी एसिया बैंक र योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटल रहेका सेलेक्ट–३० (इन्डेक्स फन्ड), डाइनामिक डेप्ट फन्ड, ग्रोथ फन्ड र ब्यालेन्सड् फन्डको वित्तीय विवरण प्रकाशित भएको हो। यीमध्ये सेलेक्ट–३० को प्रतिइकाइ खुद सम्पत्ति मूल्य (न्याभ) बढेको छ भने बाँकी ३ वटा योजनाको घटेको छ।
कात्तिकमा सेलेक्ट–३० को न्याभ बढेर १० रुपैयाँ कायम भएको छ। गत असोजमा न्याभ ९.९३ रुपैयाँ थियो।
यो योजनाअन्तर्गत असोजसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल ३५ करोड रुपैयाँ लगानी भएको छ। गत असोजसम्म यस्तो लगानी ३२ करोड ६६ लाख रुपैयाँ थियो।
कात्तिकमा यो योजनाको कुल घाटा ५ करोड ३ लाख रुपैयाँ रहेको छ। गत असोजमा कुल घाटा ५ करोड ९६ लाख रुपैयाँ थियो।
कात्तिकमा डाइनामिक डेप्ट फन्डको न्याभ सामान्य घटेर १०.२८ रुपैयाँ कायम भएको छ। गत असोजमा यो योजनाको न्याभ १०.७७ रुपैयाँ थियो।
यो योजनाअन्तर्गत कात्तिकसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल ४५ करोड २३ लाख रुपैयाँ लगानी भएको छ। गत असोजसम्म यस्तो लगानी ४२ करोड ८६ लाख रुपैयाँ थियो।
कात्तिकमा यो योजनाको कुल नाफा ९८ लाख ७२ हजार रुपैयाँ रहेको छ। गत असोजमा कुल नाफा ४३ लाख २९ हजार रुपैयाँ थियो।
कात्तिकमा ग्रोथ फन्डको न्याभ पनि घटेर ११.२८ रुपैयाँ कायम भएको छ। गत असोजमा न्याभ १२.४२ रुपैयाँ थियो।
यो योजनाअन्तर्गत कात्तिकसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल ७८ करोड ९१ लाख रुपैयाँ लगानी भएको छ। गत असोजसम्म यस्तो लगानी ७७ करोड ८० लाख रुपैयाँ थियो।
कात्तिकमा यो योजनाको कुल नाफा ९ करोड ६२ लाख रुपैयाँ रहेको छ। गत असोजमा कुल नाफा ८ करोड ३५ लाख रुपैयाँ थियो।
कात्तिकमा ब्यालेन्सड् फन्डको न्याभ घटेर १०.७१ रुपैयाँ कायम भएको छ। गत असोजमा न्याभ ११.८८ रुपैयाँ थियो।
यो योजनाअन्तर्गत कात्तिकसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल ७२ करोड २ लाख रुपैयाँ लगानी भएको छ। गत भदौसम्म यस्तो लगानी ७१ करोड १६ लाख रुपैयाँ थियो।
कात्तिकमा यो योजनाको कुल नाफा ३ करोड ९४ लाख रुपैयाँ रहेको छ। गत असोजमा कुल नाफा २ करोड ९६ लाख रुपैयाँ थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago