काठमाण्डौ । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यही कात्तिक २१ गतेदेखि आईपीओ जारी गर्ने भएको छ। 

कम्पनीले आफ्नो जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँबराबरको आईपीओ जारी गर्ने अनुमति पाएको छ। जसअनुसार कम्पनीले सर्वसाधारणलाई अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर २०६ रुपैयाँमा ३ करोड कित्ता सेयर बिक्रीमा ल्याउनेछ। 

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई भने कुल सेयरको १० प्रतिशतले हुन आउने ३० लाख कित्ता सेयर बिक्री खुला गरिनेछ। उनीहरुले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। 

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन्। 

यो आईपीओमा विदेशमा रहेका नेपाली श्रमिकले आउँदो मंसिर ५ गतेसम्म आवेदन दिन पाउनेछन्। 

हिमालयन रिइन्स्योरेन्सको आईपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।