काभ्रे। तरकारीकाे भण्डार मानिने काभ्रे जिल्लामा तरकारी उत्पादनमा कमी आएको छ।
चिसो मौसममा कृषकले बेमौसमी रुपमा तरकारी खेती कम गर्ने हुँदा तरकारीको उत्पादनमा कमी आएको हो। उग्रचण्डी नालास्थित उग्रचण्डी तरकारी बजारमा तरकारी किसानभन्दा व्यापारीको सङ्ख्या मात्रै बढेको छ।
तरकारी उत्पादनमा कमी आएपछि मूल्य वृद्धि भएको स्थानीय व्यापारी सहदेव दाहालले बताए। तरकारीको मौसममा दैनिकरुपमा करिब ५ सय किसानले तरकारी ल्याउने गरेका थिए। तर अहिले दैनिक ५० जनाको हाराहारीमा मात्र तरकारी बिक्री गर्न आउने गरेका छन्।
कालीमाटी तरकारी बजारमा भन्दा काभ्रेका किसानले तरकारीको मूल्य बढी पाउने गरेका छन् । उग्रचण्डी कृषि बजारमा अन्य बजारमा भन्दा राम्रै व्यापार हुने गरेको अर्का स्थानीय व्यापारी सुन्दर पराजुली बताउँछन् ।
जाडो मौसममा सिँचाइको अभाव हुने हुँदा उत्पादनमा कमी आएको स्थानीय कृषक सरस्वती बजगाईंले बताइन् । तरकारीको उत्पादन अनुसार बजार मूल्य नपाएको उनले गुनासाे गरिन् । “बजारमा व्यापारीको हारालुछ नै चल्छ, तर भने अनुसारको मूल्य दिँदैनन्,” उनकाे भनाइ छ ।
दिनरात तरकारी खेतीमा नै लाग्दा पनि लगानी अनुसारको मूल्य पाउन नसकेका किसान बताउँछन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago