काठमाण्डौ । कामना सेवा विकास बैंक र जानकी फाइनान्सको १ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ। 

यी दुवैको कुल १ लाख ७ हजार २५ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो। जसमा कामना सेवा विकास बैंकको ५७ हजार २५ कित्ता र जानकी फाइनान्सको ५० हजार कित्ता संस्थापक सेयर छन्। 

कामना सेवा विकास बैंकको सेयरमा अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन पेस गर्न सक्नेछन्। यअसघि संस्थापक सेयरधनीहरुका लागि बिक्री खुला गरिएकोमा खरिद आवेदन नपरेपछि सर्वसाधारणका लागि खुला गरिएको बैंकले जनाएको छ। 

कामना सेवाको संस्थापक सेयरमा ३५ दिनभित्र खरिद आवेदन पेस गर्न सकिनेछ। आवेदन काठमाण्डौको ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा पेस गर्नुपर्नेछ। 

यसैगरी जानकी फाइनान्सको सेयरमा भने विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्। यसका लागि ३५ दिन म्याद दिइएको छ। 

तोकिएको म्यादभित्र धनुषाको जनकपुरधामस्थित कम्पनीको कार्यालयमा आवेदन दिन सकिनेछ। यो अवधिभित्र संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।