काठमाण्डौ । कामना सेवा विकास बैंकले काठमाण्डौ उपत्यका प्रहरी कार्यालयको प्रहरी कन्ट्रोल रुमको सवलीकरण गरि हस्तान्तरण गरेको छ ।
 

कम्पनीले आफू स्थापना भएको १६ औं वर्ष पुरा गरि १७ औं वर्ष प्रवेश गरेको अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौं उपत्यका प्रहरी कार्यालयको प्रहरी कन्ट्रोल रुमको सवलीकरण सम्पन्न गरेको बताएको छ ।

एक समारोहका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले उक्त कन्ट्रोल रुमको सवलीकरण सम्पन्न गरि काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापालाई कम्पहस्तान्तरण गरेका छन् ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक थापाले बैंकले प्रहरी कन्ट्रोल रुमको सवलीकरण गरिदिएकोमा धन्यवाद ज्ञापन गर्दै प्रहरी कन्ट्रोल रुमको सेवा समेत छिटो र छरितो हुन थालेको बताए ।
कम्पनीले आफ्नो स्थापनाको १७ औं वार्षिकोत्सवको अवसरमा विभिन्न १७ वटा कार्यक्रमसहित सप्ताहव्यापी रुपमा कार्यक्रमहरु गरिरहेको छ  ।