 
                     
                                
                             
                                    काठमाण्डौ । कामना सेवा विकास बैंकले धितोपत्र ब्रोकर हातेमालो फाईनान्स सर्भिस प्रालिसँग सम्झौता गरी फाइभ इन वान सेवा सुरु गरेको छ ।
 यस सम्झौता पश्चात कम्पनीका ग्राहकहरुले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता सीआस्वा र मेरो सेयर एकै सेवामार्फत् प्राप्त गर्न सक्ने छन् । 
 
कम्पनीले ग्राहकहरुलाई सरल रुपमा सेयर कारोबार गर्न सहजहोस् भन्ने उद्देश्यले यस्ता सेवाहरु उपलब्ध गराएको बताएको छ ।
कम्पनीले देशका विभिन्न स्थानहरुमा १३५ वटा सञ्जालहरु, २१ शाखा रहित बैंकिङ सेवा तथा ७७ वटा एटीएम मार्फत् ग्राहकहरुलाई सेवाहरु प्रदान गर्दै आएको छ । साथै, कम्पनीले एबीबीएस, एसएमएस  बैंकिङ, मोबाइल बैंकिङ, सीआस्वालगायतका माध्यमबाट समेत बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको  छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19