काठमाण्डौ । कामना सेवा विकास बैंकले भक्तपुर जिल्लास्थित दिब्येश्वरी मन्दिरलाई  खानेपानीे ट्यांकी  र डस्टबिन हस्तान्तरण गरेको छ । 

कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय लोकन्थलीका शाखा प्रमुख गोबिन्द शिवाकोटिमार्फत् उक्त मन्दिरलाई खानेपानी ट्यांकी र डस्टबिन हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बैंकका कर्मचारी,स्थानीय सर्बसाधारण तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहकरुको उपस्थिति थियो ।