काठमाण्डौ । कामना सेवा विकास बैंकको प्रमुख व्यवसाय अधिकृतमा दिपेन्द्र सुवेदी नियुक्त भएका छन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले एक कार्यक्रमका बीच प्रमुख व्यवसाय अधिकृत सुवेदीलाई स्वागत गरेका छन् । करिब १७ वर्षको बैंकिङ अनुभव भएका सुवेदीले शुक्रबार नै पद वहाली गरेका छन् ।

उक्त कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत विनय दाहाललगायत अन्य उच्च पदस्थ कर्मचारीहरुको उपस्थिति थियो । सुवेदी यसअघि सांग्रीला डेभलपमेण्ट बैंकमा कार्यरत थिए ।

कम्पनीले सुवेदीको नियुक्तीले व्यवसाय बृद्धिमा उल्लेख्य टेवा पुग्ने विश्वास लिएको बताएको छ । 

हाल देशभरका विभिन्न स्थानमा रहेका १३५ वटा सञजाल, ७७ वटा एटीएमवाट कम्पनीले आफ्नो सेवा सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।