काठमाण्डौ । समयमा काम पूरा नगर्ने आठ निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीलाई सरकारले कालोसूचीमा राख्ने तयारी गरेको छ। 

सार्वजनिक खरिद अनुगमन कार्यालयले ती कम्पनीहरुलाई कालोसूचीमा राख्ने तयारी गरेको हो। यी कम्पनीलाई कालोसूचीमा किन राख्ने भन्ने सम्बन्धमा चित्तबुझ्दो स्पष्टीकरण पेस गर्न पनि कार्यालयले सातको अल्टिमेटम दिएको छ। 

विभिन्न निकायबाट ती कम्पनीलाई कालोसूचीमा राख्न लेखिपठाएपछि कार्यालयले बिहीबार एक सूचना प्रकाशित गरी कारबाही प्रक्रिया अगाडि बढाएको हो। यसरी कालोसूचीमा सिफारिस गरिएका कम्पनीमा आकाश एन्ड पवन कन्स्ट्रक्सन (कञ्चनपुर), पीयू कन्स्ट्रक्सन (दाङ), मुक्तिनाथ रुपेस कन्स्ट्रक्सन एन्ड सप्लार्यस (मकावनपुर) र प्रवृक्षा निर्माण सेवा एन्ड सप्लायर्स (रुकुम) सन्तुष्टि कन्स्ट्रक्सन (हुम्ला) छन्।

त्यसैगरी थोकर–निभा–लयुल जेभी (काभ्रेपलाञ्चोक), जगदम्बा ड्रिलिङ कम्पनी(कपिलवस्तु) र दिनेश चन्द्र आर अग्रवाल इन्फ्राकोन प्रालि–नर्गुन कन्स्ट्रक्सन कम्पनी प्रालि–कोशी एन्ड नेउपाने निर्माण सेवा प्रालि जेभी (काठमाण्डौ)लाई कालोसूचीमा राख्ने तयारी कार्यालयले गरेको छ।