काठमाडौँ । कारोबार शूरु गरेको तीन महिनाको अवधिमा नै सजिलो लघुवित्तले २४ लाख ७५ हजार खुद नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले चालू अार्थिक वर्षकाे तेस्राे त्रैमासमा मात्र साे नाफा अार्जन गरेकाे हाे । गाेरखाको सदरमुकाम गोरखा बजारमा केन्द्रीय कार्यालय स्थापना गरी हालै वित्तीय कारोबार शूरु गरेको लघुवित्तको शूरुवाती नाफा सकारात्मक देखिएको छ । 

तीन महिनाको छोटो अवधिमा नै वित्तीय संस्थाले ३७ लाख ७१ हजार निक्षेप संकलन गरेको छ भने ५ करोड ३४ लाख ४६ हजार कर्जा प्रवाह गरेको छ । 

यस अवधिमा लघुवित्तले ६८ लाख ९३ हजार खुद ब्याज आम्दानी गरेको छ भने ३८ लाख ७७ हजार सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ । 

कम्पनीमा खराब कर्जा रहेको छैन । १ करोड ४० लाख चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा २४ लाख ७५ हजार रुपैयाँ रहेको छ ।