काठमाण्डौ । आजदेखि दोश्रो बजारमा सूचिकृत भई कारोबार सुरु भएको हिमालय उर्जा विकास कम्पनीको सेयरमूल्यमा भारी गिरावट आएसँगै नेगेटिभ सर्किट लागेको छ । 

नेप्सेले यो कम्पनीलाई दोश्रो बजारमा कारोबारका लागि ९८ रुपैयाँ ३६ पैसादेखि २९५.०८ पैसाको ओपनिङ रेञ्ज तोकेको छ । कारोबारका लागि एचयूआरजेए सिम्बोल पाएको यो कम्पनीको कारोबार १६० रुपैयाँबाट खुलेको थियो । कारोबार खुलेको आधा घण्टाभित्रै सेयर मूल्यमा १० प्रतिशतले गिरावट भई १४४ रुपैयाँमा झरेपछि नेगेटिभ सर्किट लागेको हो । यो अवधिमा कम्पनीको ४५५० कित्ता सेयर किनबेच भएको छ । 

यो कम्पनीको सेयर कारोबार खुलेलगत्तै बिक्री गर्नेहरुको चाप देखिँदा मूल्यमा नेगेटिभ सर्किट लागेको हो । 

यो कम्पनीको साधारण शेयर सहित कूल ९९ लाख कित्ता शेयर सोमबार नेप्सेमा सूचिकृत भएको थियो । 

हिमालय ऊर्जाले चैत २० देखि २५ गतेसम्म कूल १४ लाख ८५ हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो । आइपीओको बाँडफाँड भने बैशाख ३ गते भएको थियो ।