काठमाण्डौ । हरेक दिन बजार प्रायः पहिलो प्रहरमा बढ्ने नै गर्छ।
बिहान प्रायः प्रि–ओपनिङ सेसनमा बजार बढ्नु कुनै नौलो होइन। प्रि–ओपनिङ सेसन भनेको प्राथमिक सेयर बजारको कारोबारका लागि गरिएको व्यवस्था हो। त्यसैले प्रि–ओपनिङमा बजार बढ्नु सामन्य नै हो।
प्रि–ओपनिङ सेसनमा हरेक दिन बिहान १०ः३० बजेदेखि बिहान १०ः४५ सम्म कारोबार हुन्छ। प्रि–ओपनिङमा बजार बढ्दा नियमित कारोबारमा पनि केही समय बढ्ने गर्छ।
प्रायः बजार ११ः३० मिनेटसम्म बढ्ने गर्छ। ‘यदि बेच्नुपर्ने सेयर छ भने पहिलो प्रहरमै बेच्दा उपयुक्त हुन्छ’, एक ब्रोकर सञ्चालकले भने।
मध्याह्नको १२ बजेपछि बजारमा विस्तारै बिक्रीकर्ता हावी हुँदै जाँदा बजारमा केही करेक्सन हुँदै जान्छ। यो क्रम प्रायः दिउँसो २ः३० बजेसम्म चल्छ। किन्नका लागि प्रायः यो समय उपयुक्त मानिन्छ।
बजारमा यदि ठूलो उतारचढाव छ र सेयर किन्नुछ भने बजार कम्तीमा साढे २ बजेसम्म बजारको गतिविधि हेर्न उपयुक्त हुने गर्छ। किनकि त्यो दिनको वास्तविकता र आउने कारोबारको बजारको अवस्था पनि अनुमान गर्न सहज हुन्छ। किनकि यो बेलासम्म तीव्र उतारचढाव भएको बजारमा पनि स्थायित्व आउने गर्छ। बजार यदि बढ्दो छ भने त्यसपछि फेरि उकालो लाग्ने गर्छ।
घट्दो बजार छ र दिनभरि बजार घटेको भए पनि कारोबारको अन्त्यमा बन्द हुनुभन्दा केही मिनेट पहिला केही अंकले बजार तानिन्छ। उदाहरणका लागि यदि बजार बन्द हुन ५ मिनेट बाँकी छ। बजार २० अंकले घटिरहेको छ भने अन्त्यमा प्रायः बजार १४–१५ अंकले मात्रै घटेर बन्द हुने गर्छ। यसरी यो ५ मिनेटमा ५–६ अंक तानिन्छ।
यसरी कारोबारको अन्त्यमा किन ५–६ अंक तानिन्छ त ? भन्ने जिज्ञासामा एक ब्रोकर सञ्चालकले भने, ‘ठूलो भोलुममा सेयर होल्ड गर्नेले अन्त्यमा १०–२० कित्ताले माथि तान्दा अन्तिम समयमा बजारमा केही अंक तानिन्छ।’
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago