काठमाण्डौ । स्थानीय तहको निर्वाचन हुने निश्चितप्रायः भएपछि सेयर बजारमा हरियाली छाएको छ।
आजदेखि स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया अगाडि बढेको छ। योसँगै निर्वाचन हुने सुनिश्चितताले लगानीकर्ताको मनोबलमा सुधार हुँदा सेयर बजारमा सकारात्मक प्रभाव परेको हो।
कारोबार पहिलो एक घन्टामै नेप्से परिसूचक ३३.४८ अंकले उकालो लागेर २३५८.९३ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ६.७३ अंकले बढेर ४४९.८७ को विन्दुमा पुगेको छ। अहिलेसम्म २११ कम्पनीका ९ लाख ७५ हजार ५८३ कित्ता सेयर ४२ करोड २८ लाख ६१ हजार ७०३ रुपैयाँमा किनबेच भएका छन्।
यो अवधिमा नेप्से उपसमूहमा रहेका १३ वटा समूहमा हरियाली छाएको छ। वित्त समूह सर्वाधिक २.४४ प्रतिशतले उकालो लागेको छ।
अहिलेसम्म सर्वाधिक कारोबार गर्नेमा अरुण भ्याली हाइड्रोपावर र नेष्डो समृद्ध लघुवित्त छन्। यी दुवै कम्पनीको २ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ।
कारोबार पहिलो एक घन्टामा ग्रीन भन्चर्सको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। यो कम्पनीको सेयरभाउ १० प्रतिशतको हाराहारीमा वृद्धि भएको छ।
त्यस्तै सर्वाधिक गुमाउने नेष्डो समृद्ध लघुवित्त छ। यो लघुवित्तको सेयरभाउ ३ प्रतिशत बढीले ओरालो लागेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19