काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार झै सोमबार पनि बिमा कम्पनीले नै बजार कब्जा गरे ।
बिमा कम्पनीको चुक्तापूँजी गर्नुपर्ने बाध्यताका कारण हकप्रद र बोनस आउने लोभमा लगानीकर्ताहरुले सोमबार अन्य समूहतर्फ खासै ध्यान दिएनन् । १ अर्ब ५ करोडको कुल कारोबार भएको बजारमा झण्डै ५० प्रतिशत अर्थात ४८ करोड माथि बिमा कम्पनीहरुको मात्र कारोबार भयो।
नेप्से परिसूचक ६.४८ अंकले घटेर १६२९.०८ विन्दूमा झरे पनि कारोबार रकम भने घटेन । बिमा, उत्पादनमूलक र बित्त समूहको सूचक बढे पनि बाँकी समूहमा भने गिरावट देखियो ।
बिमा समूहको सूचक १००.७ अंकले बढ्यो । यस्तै, बित्त समूह र उत्पादनमूलक क्रमशः ३.६१ र ३९.७८ अंकले बढे ।
बैकिङ समूह आइतबार झै सोमबार पनि सुुस्तायो । यहीकारण यो समूहको सूचक १५.२६ अंकले घट्यो । बिमा कम्पनीहरुले ४८ करोड बढीको कारोबार गर्दा यो समूहले २२ करोडको हाराहारीमा मात्र कारोबार गर्न सक्यो । यस्तै, विकास बैंक, होटल र जलविद्युत समूह क्रमशः ७.०४, २६.७१ र ४.०२ अंकले घटे । अन्य समूहमा ०.५८ अंकको झिनो गिरावट देखियो ।
‘क’ वर्गका कम्पनीको कारोबार खुम्चिएका कारण सेन्सेटिभ इण्डेक्स २.४१ अंकले घट्यो भने समग्र कारोबार समेत केही सुुस्त हुँदा फ्लोट इण्डेक्समा ०.७२ अंकको गिरावट देखियो ।
धेरै कारोबार गर्ने कम्पनी
सतप्रतिशत हकप्रद सुरक्षित गर्ने सोमबार अन्तिम दिन भएका कारण सानिमा माई हाइड्रोपावर कम्पनीमा लगानीकर्ता थुप्रिए, यही कारण यो कम्पनीले सबैभन्दा धेरै ८ करोड ७९ लाख बढीको कारोबार गर्यो । यस्तै, नेपाल लाइफ इन्स्योरेन्सले ६ करोड २७ लाख, नेशनल हाइडोपावर कम्पनीले ५ करोड ३ लाख, हिमालयन जनरल इन्स्योरेन्सले ४ करोड ५० लाख, प्रभू इन्स्योरेन्सले ३ करोड ७६ लाख, लुम्बिनी जनरलर इन्स्योरेन्सले २ करोड ९८ लाख, प्रिमियर इन्स्योरेन्सले २ करोड ९४ लाख, नेको इन्स्योरेन्सले २ करोड ७८ लाख बढीको कारोबार गरे । धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा एक मात्र वाणिज्य बैंक सानिमा बैंक पर्यो, जसले २ करोड ७८ लाख बढीको कारोबार गर्यो । धेरै कारोबार गर्नेमध्ये ७ स्थान बिमा कम्पनीको कब्जामा परे । बाँकी २ स्थान जलविद्युत कम्पनीको कब्जामा रह्यो ।
धेरै कमाउने र गुमाउने कम्पनी
बजार परिसूचकमा सामान्य गिरावट देखिए पनि ५ कम्पनीका लगानीकर्ता मालामाल भए । पाँचै कम्पनीको सेयर मूल्य १० प्रतिशतको हिसाबले बढ्यो । नेशनल हाइड्रोपावर कम्पनी, अरुण फाइनान्स, हिमालयन डिस्टीलरी, राष्ट्रिय बिमा कम्पनी लिमीटेडका साधारण सेयरधनी तथा संस्थापक सेयरधनीहरु मालामाल भए । यूनाइटेड फाइनान्सको सेयर मूल्यमा पनि ७ प्रतिशतको हाराहारीमा बढोत्तरी भयो ।
धेरै गुमाउनेमा गोर्खाज फाइनान्स अगाडि देखियो । यो कम्पनीको सेयर मूल्य ६.२५ प्रतिशतले घट्न पुुग्यो ।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago