काठमाण्डौ । सेयर बजारले बुल रन समातेसँगै नेप्से इन्डेक्समा यो साताको पहिलो कारोबार दिन आइतबार दोहोरो अंकको उछाल आएको छ भने कारोबार रकमसमेत २ अर्ब रुपैयाँ नाघेको छ ।
अन्य सेक्टरको लगानीभन्दा हाल सेयर बजारलाई नै सुरक्षित ठानेर नवप्रवेशी र पुराना लगानीकर्ताको पुनरागमनकै कारण मनोबल उक्सेर बजार उत्साहपूर्ण भइरहेको देखिन्छ ।
दोस्रो त्रैमासपछि वाणिज्य बैंकहरुले क्रमशः ब्याजदर घटाउँदै जानु सेयर बजारका लागि सुखद् संकेतका रुपमा बुझ्दै लगानीकर्ताले बैंकबाट मार्जिन कर्जा लिई सेयर खरिददारी बढाइरहेको ब्रोकरहरु बताउँछन् । बजारमा सेयर कारोबारको माग र आपूर्ति एकाएक बढेर गइरहेको तथा लगानीकर्ताले खरिद क्षमतासमेत हाल आएर बढाएका हुनाले बजारमा दोहोरो अंकको वृद्धि भइरहेको ब्रोकरहरुको दाबी छ ।
आजको दिन नेप्से इन्डेक्स २१.२६ अंकले बढ्दै १३४६.६४ को विन्दुमा पुगेको छ । त्यस्तै सेन्सेटिभ इन्डेक्स ४.९९ अंकले बढ्दै २८६.७५ को विन्दुमा उक्लिएको छ ।
यो दिन नेप्से उपसमूहमा रहेकामध्ये व्यापार र जीवन बिमा समूहबाहेक सबै समूहमा हरियाली छायो । व्यापार समूहमा ०.६२ अंक र जीवन बिमा समूहमा १.०९ अंकको गिरावट आयो ।
बैंकिङ समूहमा २७.०४ अंकको उछाल आएको आजको दिन होटेल्स् समूहमा ८.६६ अंकको बढोत्तरी आयो । विकास बैंक समूहमा २८.३२ अंक, जलविद्युत् समूहमा ३.०९ अंक, वित्त समूहमा ४.१८ अंक, निर्जीवन बिमा समूहमा १०१.५२ अंक, उत्पादन तथा प्रशोधन समूहमा ४७.७८ अंक, अन्य समूहमा ३.१६ अंक, लघुवित्त समूहमा २२.१३ अंक र म्युचुअल फन्डमा ०.०७ अंकको बढोत्तरी देखियो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन नेप्सेमा सूचीकृत १७५ कम्पनीका ५३ लाख ४६ हजार ५०८ कित्ता सेयर २ अर्ब ७ करोड ७९ लाख ८७ हजार ७९९ रुपैयाँमा कारोबार भयो ।
आज सूर्या लाइफ इन्स्योरेन्स र ग्रामीण विकास लघुवित्तले सबैभन्दा धेरै कारोबार गरे । सूर्या लाइफ इन्स्योरेन्सले १० करोड ११ लाख रुपैयाँ र ग्रामी विकास लघुवित्तले ९ करोड ४८ लाख रुपैयाँभन्दा बढीको कारोबार गरे ।
त्यस्तै एनआईसी एसिया बैंकले ६ करोड २९ लाख रुपैयाँ, प्रभु बैंकले ६ करोड १९ लाख रुपैयाँ, हिमालयन डिष्टिलरीले ६ करोड १४ लाख रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्सले ६ करोड ५ लाख रुपैयाँबराबरको कारोबार गरे । यसैगरी नेको इन्स्योरेन्स, शिवम् सिमेन्ट, ग्लोबल आईएमई बैंक र प्रभु इन्स्योरेन्सले क्रमशः ५ करोड ८२ लाख रुपैयाँ, ५ करोड ५३ लाख रुपैयाँ, ४ करोड ८५ लाख रुपैयाँ र ४ करोड ५५ लाख रुपैयाँबराबरको कारोबार गर्न सफल भए ।
धेरै कमाउने र गुमाउनेहरु
आजको दिन तीनवटा लघुवित्त कम्पनीका सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । ग्रामीण विकास लघुवित्त, नयाँ नेपाल लघुवित्त र मिथिला लघुवित्तको सेयरमूल्यमा झन्डै १० प्रतिशतको हाराहारीमा वृद्धि भएको हो ।
यो दिन ग्लोबल आईएमई समुन्नत स्किमको सेयरमूल्यमा पनि झन्डै ९ प्रतिशतको हाराहारीमा वृद्धि भयो ।
यो दिन गुहेश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्सको सेयरमूल्यमा धेरै गिरावट आयो । यो कम्पनीको सेयरमूल्य ५ प्रतिशतभन्दा बढीले घट्यो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago