काठमाण्डौ। धितोपत्र दोस्रो बजारमा कोरोबारमा आएको पहिलो दिनमै नेपाल पुनर्बिमा कम्पनीको सेयरमूल्यमा पहिरो खसेको छ।

धितोपत्र बजार आज सोमबारदेखि खुलेसँगै नेपाल पुनर्बिमा कम्पनीको सेयर पनि दोस्रो बजारमा कारोबारमा आएको हो। तर कारोबार भएको ४० मिनेटमै पुनर्बिमा कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा गिरावट देखिएको छ।

यो समाचार तयार पार्दासम्म यो कम्पनीको सेयरमूल्यमा ९.९० प्रतिशतको गिरावट आउँदै प्रतिकित्ता ४२ रुपैयाँ घटेको छ। यो गिरावटसँगै अहिले यो कम्पनीको सेयर ३८२ रुपैयाँमा सीमित भई कारोबार भइरहेको छ। यो कम्पनीको सेयर पहिलो दिन नै ४२४ रुपैयाँमा कारोबार सुरु भएको थियो। 

मार्केट डेप्थमा पनि यो कम्पनीको सेयरको बिक्रीचाप बढी देखिएको छ। मार्केट डेप्थमा २४ हजार ६२४ कित्ता बिक्रीमा राखिएको देखिएको छ भने खरिदतर्फ एक कित्ता पनि रहेको छैन।