काठमाण्डौ । सेयर बजारमा हिजो मंगलबारदेखि कारोबार सुरु गरेका राष्ट्रिय महत्वका साञ्जेन र रसुवागढी हाइड्रोपावर कम्पनीका सेयरमूल्यमा बुधबार भारती गिरावट आएपछि नेगेटिभ सर्किट लागेको छ ।
दुवै कम्पनीको सेयरमूल्यमा बुधबार कारोबार सुरु भएको एक घन्टा नहुँदै १० प्रतिशतको हाराहारीम गिरावट आएपछि नेगेटिभ सर्किट लागेको हो । साञ्जेनको सेयर मूल्य प्रतिकित्ता २६ रुपैयाँले घटेर २३५ रुपैयाँमा झरेको छ । यसको मंगलबार अन्तिम सेयरमूल्य प्रतिकित्ता २६१ रुपैयाँ थियो ।
यसैगरी रसुवागढीको सेयरमूल्यमा पनि प्रतिकित्ता २६ रुपैयाँले घटेर २३७ रुपैयाँमा झरेको छ । यसको मंगलबार अन्तिम सेयरमूल्य प्रतिकित्ता २६३ रुपैयाँ थियो ।
यो समाचार तयार पार्दासम्म मार्केट डेप्थमा साञ्जेनको सेयर किन्नेभन्दा पनि बेच्नको चाप बढी देखिएको छ । बेच्नेतर्फ ३४ हजार ६८० कित्ता पोस्ट भएको छ किन्नेतर्फ एउटा पनि पोस्ट भएको छैन ।
यसैगरी मार्केट डेप्थमा रसुवागढीको पनि सेयर किन्नेको संख्या शून्य रहेको छ भने बेच्नेको चाप बढी रहेको छ । बेच्नेतर्फ ८४ हजार २६७ कित्ता पोस्ट भएको छ भने किन्नेतर्फ एउटा पनि पोस्ट भएको छैन ।
दुवै कम्पनीलाई नेप्सेले सोमबार कारोबार रेन्ज र संकेतसमेत तोकेको थियो । नेप्सेसँग दुवै कम्पनीले सोमबारै सेयर सूचिकरणसम्बन्धी सम्झौता समेत गरेका थिए।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19