काठमाण्डौ । कालिका पावर कम्पनी लिमीटेडले निश्कासन गरेको आइपीओको बुधबार बाँडफाँड हुने भएको छ ।
आइपीओमा ७.५२ गुणा बढी आवेदन परेको थियो ।
यो कम्पनीको आइपीओमा १ लाख २२ हजार आवेदकबाट ८३ करोड ९३ लाख रुपैयाँ भन्दा बढीको आवेदन परेको बिक्री प्रबन्धकमध्येको एक ग्लोबल आइएमई क्यापिटल लिमीटेडले जनाएको छ ।
आर्इपिओ एकलाख ११ हजार ६०० जना आवेदकलाई १० कित्ताका दरले बाँडफाँड हुनेछ । बाँकी १० हजार ४ सय बढी आवेदकको हात खालि हुनेछ ।
यो कम्पनीले कुल १२ लाख कित्ता आइपीओ निश्कासन गरेको थियो । योमध्ये कम्पनीका कर्मचारीका लागि २४ हजार कित्ता, म्युचुअल फण्डहरुका लागि ६० हजार कित्ता र सर्वसाधारणका लागि ११ लाख १६ हजार कित्ता छुट्याइएको थियो ।
कालिका पावर कम्पनी लिमीटेडले भदौ २८ गतेदेखि आइपीओ निश्कासन गरेको थियो ।
कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा काठमाण्डौ क्यापिटल लिमीटेड र ग्लोबल आइएमई क्यापिटल लिमीटेड रहेका छन् ।
इक्रा नेपालले यो कम्पनीको आइपीओलाई ग्रेड फोरको रेटिंग प्रदान गरेको छ, यसको अर्थ कम्पनीको अवस्था औसत भन्दा कमजोर छ भन्ने हो ।
यसअघि कम्पनीले गोरखाका आयोजना प्रभावितका लागि ६ लाख कित्ता आइपीओ निश्कासन गरेको थियो ।
सर्वसाधारणका लागि १२ लाख कित्ता सेयर निश्कासनपछि कम्पनीको चुक्तापूँजी बढेर ६० करोडको उचाईमा पुग्नेछ ।
कालिका पावरले गोरखा जिल्लामा ६ मेगावाट क्षमताको दोर्दी ए हाइड्रोपावर प्रोजेक्ट संचालन गरिरहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago