काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

संस्थाको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले लाभांश वितरणको प्रस्ताव गरेको हो । संस्थाले चुक्ता पुँजीको १२ प्रतिशतले हुन आउने १ करोड २९ लाख ६० हजार रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै बोनस सेयरको कर प्रयोजनार्थ संस्थाले चुक्तापुँजीको ०.६३ प्रतिशतले हुन आउने ६ लाख ८२ हजार १०५ रुपैयाँबराबरको नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश स्वीकृतिका लागि नेपाल राष्ट्रबैंकमा पठाइने र त्यहाँ स्वीकृति भएर आएपछि आगामी साधारणसभाबाट वितरण गरिने संस्थाले जनाएको छ ।