काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्थाले करिब २० हजार कित्ता सेयर बिक्रीमा राखेको छ। 

संस्थाले विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको १९ हजार ७०० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। 

बिक्रीमा राखिएको सेयरमा विद्यमान संस्थापकबाहेक अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन पाउनेछन्। यसअघि संस्थाक सेयरधनीलाई ३५ दिनको अवधि दिएर सूचना जारीमा खरिद आवेदन नपरेको अन्य व्यक्त तथा संस्थालाई सेयर बिक्री खुला गरिएको छ। 

खरिद आवेदन दिन १५ दिनको म्याद दिइएको छ। इच्छुक लगानीकर्ताले उक्त अवधिभित्र संस्थाको पोखरामा रहेको केन्द्रीय कार्यालयमा खरिद आवेदन दिन सक्नेछन्।