काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले कालिञ्चोक दर्शन लिमीटेडलाई १२ करोड रुपैयाँ बराबरको आइपीओ निश्कासन गर्न अनुमति दिएको छ ।
बोर्डले यो कम्पनीलाई १०० रुपैयाँ अंकित दरका १२ लाख कित्ता आइपीओ निश्कासनका लागि कात्तिक २३ गते अनुमति दिएको हो ।
यो कम्पनीको चुक्तापूँजी ६० करोड रुपैयाँ हो । ४८ करोड रुपैयाँ प्रमोटरको हिस्सा रहेको छ भने बाँकी २० प्रतिशतले हुने १२ करोड रुपैयाँ आइपीओबाट उठाउन खोजेको हो ।
यो कम्पनीले कालिञ्चोक भगवतीको मन्दिरसम्म पुग्न केवलकार निर्माण गरी २ वर्षअघिदेखि नै सञ्चालनमा ल्याइसकेको छ ।
कम्पनीको सेयर बिक्री तथा निश्कासन प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago